महासङ्घका चितवन संयोजक गणेशको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् दक्षिण–पश्चिम ब्युरो इन्चार्ज आजाद प्रमुख अतिथि थिए भने विशेष अतिथि महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापा थिए । अन्य अतिथिहरूमा महासङ्घका चितवन इन्चार्ज एवम भरतपुर महानगर संयोजक आकाश, इच्छाकामनाका इन्चार्ज अभय, नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् चितवन संयोजक विजय, महाधिवेशन आयोजक समितिका अर्का सदस्य एवम् मकवानपुर जिल्ला संयोजक जीवन, पार्टीका चितवन जिल्ला वरिष्ठ सचिवालय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज काका, चितवन जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य विमला, विकल्प, सुमन, राष्ट्रिय युवा जनस्वयम्सेवक चितवनका सुविन सहभगी थिए ।
सृजनाले अतिथिहरूलाई ब्याच वितरण गरेकी थिइन् भने स्वागत मन्तव्य देवीले गरेकी थिइन् । भेलाको सञ्चालन दिलुले गरेका थिए ।