
नेपाल कम्युनिस्ट पार्टी(बहुमत)काे साहायक संगठन युवा जनस्वयम् सेवक,नेपालकाे माग सरकारले सम्बाेधन गरेको छ । अाज सरकारले एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पिडितहरुलाई उजुरी गर्न अपिल समेत गरेको छ । युवा जनस्वयम् सेवक नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्ट सहितकाे केन्द्रीय समितिले मिटरव्याजिहरुले गरिब मजदुर वर्गलाई अाँतक फैलाएर शाेषण गर्दै पिडित बनाएको भन्दै सरकारलाई यहीँ साउन १० गते ज्ञापनपत्र बुझाएकाे थियोे । मिटरब्याजि समस्या समाधान सहित समसामयिक बिषयमा पुनः उहाँको टाेलिले २५ गते ३५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । मिटरब्याजि समस्या समाधानका लागि पाल्पा,रुपन्देही,नवलपरासी,नवलपुर,अर्घाखाँची,दाङ र कपिलवस्तु लगायत देशैभरिका जिल्लाहरुमा युवा जनस्वयम् सेवक नेपालले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको थियो । अाज ३५ बुँदे माग पत्र अनुसार मिटर ब्याजि समस्या समाधानका निम्ति सरकारले सम्बाेधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेकाे बैठकले कार्यदलकाे संयाेजक डाक्टर भीष्म कुमार भुसालकाे नेतृत्वमा गठन गरि यस्तो अपिल गरेको हाे । उक्त कार्यदलले भदौ ५ गतेसम्ममा उजुरी दिन अपिल समेत गरेको छ ।
अाज गृह मन्त्रालय ले जारी गरेको विज्ञप्तिकाे पुर्णपाठ
“विषयः उजुरी दर्ताका लागि सबै मिटरब्याज पीडितहरूमा सार्वजनिक सूचना
मितिः २०७२।०४।२८
मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको विचल्ली भएका समाचारहरू सार्वजनिक भैरहेका छन्। त्यस्ता आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ।
मिटरब्याजी अपराध नियन्त्रणका लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट गम्भीरतापूर्वक पहलकदमी लिई मिति २०७९।०४।२७ गते माननीय गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भै सकेको छ । कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको “मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता समेत गरिसकेको छ।
यो समस्या नवलपरासीमा मात्र नभै तराईका अधिकांश जिल्लाहरूमा रहेको गुनासो प्राप्त भएको भएतापनि देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा मिति २०७९।०५।०५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ।
(डा. भीष्मकुमार भूसाल) कार्यदल संयोजक”