
लुम्बिनी प्रदेश रुपन्देही जिल्लाकाे लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेले आफु मातहतका कर्मचारीलाई पुर्वाग्रह तरिकाले दरवन्दी नै नरहेको स्थानमा सरुवा गरेको आरोप कर्मचारीहरुले लगाएका छन् । आफु स्वय भुपेन्द्र पाण्डे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वाट पाल्पा रामपुर नगरपालिकामा सरुवा भई सके पछि आफु रुष्ट रहेका नगरपालिकाका छैठौँ तहका प्रशासनका अधिकृतहरु रचना गौतम पाण्डे क्षेत्री लाई सोही नगर पालिकाको वडा नं ७ र ८ को वडा सचिवका रुपमा र दामोदर पाण्डे लाई वडा नं १० को वडा सचिवको जिम्मेवारी दिएर पठाएका हुन् । निज हरुलाई सरुवा गर्नु पूर्व मिति २०७९ साल साउन १५ गते प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेलाई पाल्पा जिल्ला रामपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत का रुपमा कार्य गर्न पत्राचार गरि सकेको छ । यता अधिकृतद्धय रचना गौतम पाण्डे क्षेत्री र दामोदर पाण्डेलाई २०७९ साल साउन २० गते वडा सचिवका रुपमा सरुवा गरेका हुन् । नगरपालिकाको वडा सचिवमा छैठौँ तहका कर्मचारीको दरवन्दी नै नरहने जानकार हरु बताउँछन् ।
यसरी सुरु भयो लफडा
आर्थिक बर्ष २०७८।७९ को अन्तमा नगर कार्यपालिकाले छुट्टाएको कर्मचारी प्रोत्साहन भत्ता करिव ६० जना स्वास्थ्यकर्मीलाई उपेक्षा गर्दै र गत वर्ष भएको नगर कार्यपालिकाको बुदा नं १२ को निर्णयलाई लत्याउदै प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेले विना कुनै कार्यविधी र विना कुनै सुचक आफु नजिकका नगर कार्यपालिकाका कर्मचारी र वडा सचिव लगायतका कर्मचारीलाई बाँडे । यसको स्वास्थ्यकर्मीहरुले संघर्ष समिति नै गठन गरेर विरोध गरे । उता नगरपालिकामा कार्यरत ९ जना करारका कर्मचारीलाई मनोमानी तरिकाले हटाएर आफु निकटका १३ जना कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरे र आफु विदामा बसे । नगरपालिकाका अधिकृत रचना गौतम पाण्डे क्षेत्री लाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर विदा बसेका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेले आफुले नियुक्त गरेका १३ जना कर्मचारीको नियुक्ती पत्रमा हस्ताक्षर गर्न दवाव दिन थाले । नियुक्ती पत्रमा हस्ताक्षर गर्नका लागि रचना गौतमले नियुक्तीको आधार र कार्यपालिकाको निर्णय नभएको हुदा ईन्कार गरिन,यसमा अधिकृत दामोदर पाण्डेले पनि नियम संगत गर्न भुपेन्द्र पाण्डेलाई अनुरोध गरे । फल स्वरुप अधिकृतद्धय रचना गौतम र दामोदर पाण्डे निशानामा परे । र कार्यालय समय पछि आएर उनीहरुलाई वडा सचिवका रुपमा सरुवा गरे ।
मेयर अनभिज्ञ, उपमेयर संग नजिक पदैनन् प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डे
नगर कार्यपालिकाले गर्नुपर्ने र गरेका कतिपय निर्णयहरु मेयरलाई थाहा नै हुदैन भने थाहा पाएकी उपमेयर कल्पना हरिजन संग नजिक पर्दैनन पाण्डे । ९ जना कर्मचारीको अवकाश गर्ने निर्णय कार्यपालिकाको वैठकबाट नभएको तर निज भुपेन्द्र पाण्डेले फर्जी माईन्युट खडा गरि हटाएको उपमेयर हरिजनको दावि छ । मैले कार्यकारी अधिकृत संग निर्णय पुस्तिका दिनुहोस भन्दा उहाँले मलाई दिनु भएन । खुरुखुरु काम गरिरहेका निमुखा कर्मचारीको रोजी रोटी खोस्ने अधिकार कसले दियो कार्यकारी अधिकृत पाण्डेलाई ,के फर्जी माईन्युट खडा गरेर किर्ते गर्न पाईन्छ उनको प्रश्न छ । उता मेयर जसरुद्दिन मुसलमानले मेयर र प्रमुख प्रशासकिय अधिकृतले गरेको सबै निर्णय मान्य हुने गैर जिम्मेवार जवाफ दिन्छन् ।
यस बारेका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डे संग सम्पर्क गरि जिज्ञासा राख्दा सञ्चार कर्मीलाई के तपाई स्वास्थ्य कर्मीको वकिल हो ? म उप सचिव स्तरको प्रमुख प्रशासकिय अधिकृत हुँ मैले नगरपालिकामा गरेका निर्णय सबैले मान्न पर्छ बाकीँ तपाइले जानेको गर्नुस भन्दै फोन राखीदिए। सरुवा भएका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डे आफ्नो सरुवा रोक्न मन्त्रालय सम्म पुगेको स्रोतको दावी छ ।
प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेको निरँकुश कार्यशैली प्रति लुम्बिनी साँस्कृतिक नगरपालिकाका अधिकाँश वडाध्यक्ष र कर्मचारीहरुले मेयर समक्ष ज्ञापन पत्र बुझाई सकेका छन भने मेयरले ज्ञापन पत्रलाई कुनै महत्व दिएका छैनन् ।
यस बारे उक्त कार्यलयका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेलाई फाेन संवाद गरि बुझ्दा स्वास्थ्यकर्मिहरुका मागहरूका बारेमा छलफलका माध्यमबाट सम्बाेधन भईसकेकाे र कर्मचारीहरुका अन्य गुनासाहरु म समक्ष पेश नगरेको बताउनुभयो । सरुवाको बिषयमा कुनै पनि माध्यमबाट जानकारी प्राप्त नभएको र यसरी कार्यलयगत तथा व्यक्तिगत कागजात अनर्गलरुपमा प्रकाशन गर्ने र सामाजिक संजाल दुरुपयोग गरि मानमर्दन र भ्रम सिर्जना गर्ने व्यक्तिहरु पहिचान कानुनी कार्वाही गर्न माग समेत गर्नु भयो । साथै अधिकृतले नगरसभा र कार्यपालिका बैठककाे बैठक पुस्तिका लुकाउने र गाडीको चाबि नियन्त्रणमा लिने गैरकानुनी र गैरराजनीतिक कार्य गर्ने उपमेयर अनि मनाेमानि गर्ने प्रमुख प्रशासकीय अधिकृत कसरी भयो भनी प्रश्न समेत गर्नु भयो ।” यश समाचार संग सम्बन्धित कागजातहरु