न्याय माग्दै गरेकि अामा र छाेरिलाई पुनः प्रहरीले लछारपछार पार्दै पक्राउ गरेको छ । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले हिजो पुनः नियन्त्रणमा लिएको हाे ।
आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने माग राखिरहेकि छिन । उनलेे ‘विगतमा ५ बुँदे मागसहितको पूरा गर्ने झुठो आश्वासन दिएर अनसन तोड्न लगाउने टिमलाई पनि अझ कति दिन कुनुपर्छ ?’ उनले प्रश्न गरेकी छन्, ‘कुमारी आमाहरु मर्नै पर्ने हो ? कि माग पूरा गर कि हाम्रो बाँच्ने अधिकार छैन भनेर जवाफ देऊ ।’
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर पटकपटक ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियोे । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी थिईन् । अहिले उनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।