पानीको वहाव बढेपछि कर्णालीले काट्याे बाटो : तल्लो टटिय क्षेत्रहरुहरु उच्च जोखिममा

निरन्तर बर्षात पछि कर्णालीमा पानीको वहाव बढेकाे छ । बहाव बढेपछि कर्णालीले बाटो बनाउदै कटान काट्न थालेको छ । कटान काटेर बाहिर निस्किन थाले पछि तल्लो टटिय क्षेत्रहरुहरु उच्च जोखिममा पर्ने सम्भावना रहेको छ ।
कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँहरु उच्च जोखिममा रहेका छन् ।

कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्तीहरु जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्किन थालेको छ । बर्दियातर्फ नदीको भँगालो पसेकाेेले टीकापुर–८ श्रीलङ्का डुबानमा पर्ने उच्च जोखिममा परेको छ । त्यहाँका करिब ५० परिवार बस्दै आएका छन् । हजारौं बिघा खेती कटानको जोखिममा परेको छ ।

नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारहरुसमेत जोखिममा रहेको छ । नदी कटान भएर बस्ती पसेमा राजापुर–४ को सङ्घर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ । पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस