
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) दाङको दाेस्राे पुर्ण बैठकबाट मिटरब्याजिहरुलाई मास कार्वाही गर्ने निर्यण गर्दै सम्पन्न भएको छ । बैठकले पार्टी केन्द्रले तय गरेका सम्पूर्ण कार्यक्रमहरु जिल्लामा कार्यन्वयन गर्ने,पार्टीको जिल्लामा विभिन्न कार्यक्षेत्र विभाजन गरि जिम्मेवारी बाडभाड, युवा र मजदुरकाे जिल्ला सम्मेलन एकै दिन भदौ १० गते गर्ने,महिला र किसानको जिल्ला सम्मेलन भदौ २५ गते एकै दिन गर्ने र मिटरब्याजि र लघुवित्त संस्थाहरुकाे मिटरब्याज प्रभावित नागरिकहरुकाे पहिचान गरि न्यायका लागि मास कार्वाही गर्ने निर्यण समेत गरेको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का नवाैं महाधिवेशन अायाेजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज तिलक प्रमुख अतिथि अखिल(क्रान्तिकारी) का केन्द्रीय काेषाध्यक्ष दिपक विष्ट अतिथि लगायतको उपस्थिति थियोे भने बैठककाे अध्यक्षता तथा संचालन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्ला संयाेजक विरेन्द्रले गर्नु भएको थियोे ।