
कोसीको बहाव घटने क्रम जारि रहेको छ । गएराति ब्यारेज नियन्त्रण कक्षले शनिबार ९ बजे मापन गरिए अनुसार कोसी ब्यारेज भएर २ लाख २४ हजार ७ सय ३५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भईरहेकाे जनाएको छ । ब्यारेजका ३२ वटा ढोका खोलिएको छ । शनिबार दिउँसोबाट बहाव बढ्दै जाँदा साझ ६ बजे २ लाख ३१ हृजार ९ सय २० क्युसेक मापन गरिएको थियो । गएराति राति ८ बजेबाट पानीको बहाव घट्न सुरु भएको हो । बहाव घटिरहेको भएता पनि पहाडी जिल्लाहरुमा अत्याधिक वर्षा भएकाेले बहाव बढ्न सक्ने अनुमान भने गरिएको छ । तस्बिर : कान्तिपुर
प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार