अखिल(क्रान्तिकारी) रूपन्देहीले २५ आैँ जिल्ला सम्मेलन गर्ने

 

नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीकाे विस्तारित बैठक आज बुटवलमा सम्पन्न भएको छ । केन्द्रीय सदस्य तथा रुपन्देही संयाेजक पारस राहादी मगरकाे अध्यक्ष्यतामा बसेकाे बैठकले आउँदाे भदाै २१ गते २५ आैँ जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको हाे ।

बैठकमा प्रमूख आतिथ्यता अखिल (क्रान्तिकारी) का महासचिव रूपा बुढा मगरकाे रहेकाे थियाे । महासचिव बुढा मगरले रुपन्देहीको शैक्षिक आन्दोलनमा अखिल (क्रान्तिकारी)ले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । साथै उनले रुपन्देहीका स्थानीय तहका शिक्षा शाखाहरूमा मागपत्र पेश गरेकाेप्रति धन्यवाद दिदैँ माग पूरा गराउनकाे लागि कत्तिपनि दायाँबायाँ नगरि आन्दोलनमा हाेमिन र आम बिद्यार्थीलाई आन्दोलनमा नेतृत्व गर्न निर्देशनसमेत दिए । रुपन्देही जिल्ला लुम्बिनी प्रदेशकाे प्रमूख शैक्षिक गन्तव्य भएकोले यहाँकाे शैक्षिक क्षेत्रमा सबभन्दा बढी बिकृति पनि रहेकाे भन्दै त्यसको विरुद्ध सम्झौताहीन आन्दोलन गर्नुपर्ने बताए ।

नेकपा(बहुमत) रुपन्देही ईञ्चार्ज प्रवेशले हरेक राजनीतिक आन्दोलनमा बिद्यार्थीहरूले सदैव अग्रमाेर्चामा रहेर भुमिका खेलेकाे स्मरण गर्दै वैज्ञानिक समाजवाद स्थापनाकाे लागि नेकपा(बहुमत)ले नेतृत्व गरिरहेकाे राजनीतिक आन्दोलनमा अखिल (क्रान्तिकारी)काे भुमिकाकाे प्रशंसा गरे । रुपन्देहीको शैक्षिक तथा बिद्यार्थी आन्दोलन शैक्षिक दलालहरूकाे निशानामा हुनुपर्ने बताए । साथै सामुदायिक बिद्यालयहरूमा समेत चर्काे शुल्कका कारण बिद्यालय जानबाट बञ्चित हुन परेकाे अवस्थाप्रति अखिल (क्रान्तिकारी)ले पहल लिनुपर्ने बताए ।

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश ईञ्चार्ज नवीन खड्काले स्थानीय तह, विश्वविद्यालय देखि मन्त्रालयसम्म विभिन्न शैक्षिक मुद्दाहरू उठान गरेर मागपत्र बुझाएको, आन्दोलनकाे सुरुवात गरेको बताए । अब निर्णायक आन्दोलनको लागि पहल लिने बताए । आफूहरू विरुद्ध केही बिद्यार्थी संगठनका नामबाट अराजक र छुद्रता प्रदर्शन गर्ने झुण्डहरूले अफवाह फैलाउँदै बिद्यार्थीहरूलाई भ्रमित पारिरहेको प्रति सचेत रहेको बताए । हाम्रो आन्दोलनमा कसैले बाधा हाल्न आउँछ भने त्यसको दृढतापूर्क प्रतिराेध गर्दै बिद्यार्थीकाे हक अधिकार स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

नेकपा (बहुमत) रुपन्देही संयाेजक शुनिलले युवा बिद्यार्थीहरू पुरापुरा जाेसका साथ अभियानमा लाग्न निर्देश गरे । रुपन्देहीमा बिद्यार्थीकाे अभियान र आन्दोलनमा पार्टीको तर्फबाट सहयोगकाे कुनै कमि हुन नदिने बताए । आफू पनि बिद्यार्थी आन्दोलनबाटै पार्टी राजनीतिमा आएको भन्दै हरेक क्याम्पस, नगर, गाउँ अखिल (क्रान्तिकारी)मय बनाउनुपर्ने बताए ।

बैठकले भदौमा २१ हुने जिल्ला सम्मेलन आयाेजक समिति २७ सदस्यीय बनाएको छ । केन्द्रीय सदस्य पारस राहादी मगरकाे संयाेजकत्वमा सम्मेलन आयाेजक समिति गठन गरेकाे । साथै जिल्ला सम्मेलन केन्द्रीत ‘प्रज्वल संगठन सुदृढीकरण अभियान -२०७९’ सञ्चालन गर्ने निर्णयसमेत गरेकाे छ ।

अखिल (क्रान्तिकारी)काे साे बैठकले बिद्यार्थी सम्पर्क मञ्चसमेत गठनकाे पहल लिएको छ । गुल्मी -रुपन्देही, अर्घाखाँची-रुपन्देही र पाल्पा -रुपन्देही सम्पर्क मञ्चकाे संयाेजकमा क्रमश: सुशील विश्वकर्मा, सुदिप नेपाली र सुरज गैरेलाई ताेकेकाे छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस