
तस्बिर :कान्तिपुर पानीकाे बहाव बढेपछि कोसी ब्यारेजका ३२ वटा ढोका खुलाहरु गरियो । शनिबार दिउँसो ३ बजेको मापनअनुसार पानीको बहाव २ लाख २३ हजार ७७५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाव बढेसँगै ५६ मध्ये ३२ ढोका खुला गरिएको हाे । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोकामात्रै खोलिएको थियो । पहाडी जिल्लाहरूमा अत्याधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरुपमा बढ्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार