वैध-बास्तोला पार्टी एकता संयाेजन समितिमा १२ सदस्यीय कार्यदल

मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी(माओवादी) र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा(बहुमत) पार्टीबिच एकताको लागि संयोजन समिति गठन भएको छ । संयोजन समितिमा १२ जना सदस्यहरु छन् । नेकपा क्रान्तिकारी(माओवादी) का तर्फबाट मोहन वैद्य,सिपी गजुरे, हरिभक्त कँडेल, परि थापा, इन्द्र सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा (बहुमत)बाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस