कोसी नदिमा उच्च बहाव २९ वटा ढाेका खाेलियाे सतर्कता अपनाउन अनुराेध

निरन्तर बर्षात र झरिका कारणले कोसी नदिकाे बाहाव बहाव बढिरहेको छ । माैसम तथा पुर्वानुमान शाखाका अनुसार निरन्तर झरि गरिरहे ५ लाख क्युसेक पुग्न सक्ने बताएको छ । पानी बाहाव बढ्दै जाँदा सम्भावित हुन सक्ने दुर्घटना राेक्न ब्यारेजका २९ ढोकाहरु खोलिएकाे छ । यस्तै शाखाले सप्तरी, सुनसरी र उदयपुरमा उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । सप्तकोसी नदीमा पानीको बहाब अत्याधिक रुपमा फेरि बढ्न सक्ने आकलन गरिएको छ । पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्याधिक रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको छ ।

अत्याधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ । कोसीमा अत्यधिक बहाब हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाउन अाग्रह गरिएको छ । यस्तै बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको छ । ५ लाख क्युसेकभन्दा बढी पानीको बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धहरूमा समेत क्षति पुग्ने खतरा रहन्छ । यस्तै धेरै स्थानमा ओभरफ्लो भइ पानी नदीभन्दा बाहिरिन सक्ने खतरा रहेको छ । नदिकाे ब्यारेजकाे नियन्त्रण कक्षका अनुसार अहिले पानीको बहाब मध्याह्न १२ बजे गरिएको मापन अनुसार २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस