तस्बिर फाईल निरन्तर बर्षातका कारण मेलम्ची–हेलम्बु सडकखण्ड बन्द भएको छ । लगातारको वर्षापछि आएको बाढी अाउदा साे बाटो बन्द भएको हाे । बाढी र पहिराे कारण ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायतकाे मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै राेकिएकाे छ । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् ।
बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा पनि क्षति पुर्याएको छ । शुक्रबार राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा परेका छन् । यस्तै पहिराेले गर्दा भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको बाढीले पुर्याएको क्षति बारेमा पुर्ण विवरण अाउन सकेको छैन् निरन्तर वर्षा हुँदा हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिममा परेका छन् । अहिले ठाउँ ठाउँमा गएको पहिरोलाई पन्छाउने काम भइरहेको छ ।