रोल्पाकाे एउटै वनमा ५०० मयूर

रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहकाे वनमा ५०० देखि ६०० सम्म रहेको छ । मयुरको वासस्थानको लागि त्यहाँको भू-बनोट, हावापानी र वनस्पति उत्तम रहेको यति धेरै एउटै वनमा भेटिएको स्थानीय बताउछन् । पानीको सहज उपलब्धता,पारिलो क्षेत्र, मानव बस्ती र खेतबारी समेत प्रसस्त रहेकाले सो सामुदायिक वन मयुरको वासस्थानका लागि उपयुक्त मानिन्छ ।

डिभिजन वन कार्यलय राेल्पाका अनुसार “किरा फट्यांग्रा, फल, बालीनाली र घाँस,पहाडका खोंचहरु, पानीका स्रोतहरु र खोल्सीहरूमा छेपारा, सर्पलगायत अन्य किरा फट्याङग्राहरु प्रसस्तै पाइने हुनाले यो ठाउँ मयूरको रोजाइमा परेको हुनसक्छ” उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको अनुमान छ । सामुदायिक वन क्षेत्रमा पाइने भाले मयूरको तौल ५ के.जी. सम्म हुने स्थानीयको भनाइ छ । सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ ।

“मयुरको सिकार गर्न नहुने धार्मिक विश्वासका कारण पनि यसको संरक्षणमा सहजता भएको हो । वन क्षेत्रमा अन्य वन्य जन्तुको सिकार गर्न आउने गरेको सुनिए पनि मयूर मारेको वा यसका अण्डाहरु चोरेको घटनाहरु सुनिएको छैन ।” मयुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिला विकले भनिन् ।

“वन क्षेत्रमा अन्य वन्य जन्तुको सिकार गर्न आउने गरेको सुनिए पनि मयूर मारेको वा यसका अण्डाहरु चोरेको घटनाहरु सुनिएको छैन । मयूरले किसानहरुलाई भने हैरानी हुने गरेको छ । अन्नबाली खाइदिने भएकोले किसानले हरेक वर्ष क्षति व्यहोर्नु पर्छ । आहाराका लागि खेत, बारी र घरगोठमा बिहान बेलुका मयूर आउने गर्दछन् ।

तोरी, झिलङ्गे, गहुँ, सागपात, खुर्सानी, धान, चना, केराउलगायतका बाली मयूरले मन पराउने हुनाले त्यस्ता बालीको धेरै क्षति हुने गरेको अध्यक्ष विकको भनाइ छ । ‘मयूर बढ्दै जाँदा मान्छेले लगाएको अन्नबाली खाइदिंदा मान्छे र मयूरबीच विस्तारै द्वन्द्व पनि बढ्न थालेको भान हुने गर्छ ।” अध्यक्ष विकले भनिन् । आकर्षक र रङ्गीचङ्गी मयूरको प्वाख धार्मिक उपचार विधिमा प्रयोग गरिन्छ । घर सजावटका साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्न पनि यसको प्वाँख प्रयोग गर्ने धार्मिक विश्वास तथा प्रचलन रहेको छ । अनलाईनखबर

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस