काठमाडौँ : न्याय माग्दै गरेकि अामा र छाेरिलाई प्रहरीले गर्याे पक्राउ अाज पक्राउ गरेको छ । काखमा दुधे छाेरि लिएर अनसनमा बसेकि एक अामा र छाेरिलाई प्रहरीले पक्राउ गरेको हाे । न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका ९ घर भएकी निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् ।
सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् । शुक्रबार प्रहरीले उनलाई दूधे छोरासहित पक्राउ गरेको छ । यसअघि सरकारसँग भएको ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि उनी फेरि अनशनका लागि सडकमा आएकी हुन् । महोत्तरीकी निहारिका न्याय माग गर्दै साढे दुई वर्षदेखि काठमाडौंमा डेरा भाडामा लिएर बस्दै आएकी छन् । यसबीचमा उनले विभिन्न संघसंस्था र नागरिक अगुवाको साथ पाए पनि उनको माग पूरा हुन सकेको छैन ।
निहारिकाले आफ्नो बोली कसैले नसुनेपछि आमरण अनशनको बाटो रोज्न बाध्य भएको बताएकी छन् । आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् । यसअघि माइतीघर मण्डलामा छोरोलाई साथमै लिएर अनशन गरेकी निहारिकासँग सरकारले सहमति गरे पनि पालना नगर्दा उनी फेरि अनशनमा बसेकी हुन् ।