
अाज नेपाल कम्युनिस्ट पार्टी रुपन्देही,पाल्पा र नवलपरासीले एक विज्ञप्ति जारी गर्दै लघुवित्तीय काराेबारले गरीब जनताहरुलाइ उठिबास लगाएको बताएको छ । अाज एकैचाेटि तीन जिल्लाहरुले विज्ञप्ति जारी गर्दै बिगत लामो समयदेखि गरिब निमुखा र उत्पीडित वर्गलाई लक्षित गरि आर्थिक आधार कमजोर रहेका क्षेत्र, गाउँ, सहरी भेगमा समस्याहरू सुल्झाउने नाममा लघुवित्त संस्थाहरूले आमा, दिदीबहिनीहरूलाई विभिन्न बहानामा ब्ल्याकमेलिङ गरि १८ देखि ३६ प्रतिशतसम्म ब्याज लगाई घरगृहस्थी तहसनहस बनाएको र आत्महत्यासम्मको कार्य गर्न बाध्य बनाएको यथार्थ देखिन आएकाले यस्ता आर्थिक सामाजिक सरोकारका विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ ” यस प्रकारका सहुलियत सहजीकरणका नाममा हुनेगरेको गैर कानूनी, गैर जिम्मेवार कार्य मिटर ब्याजी र लघुवित्त आर्थिक कारोबार तत्काल बन्द गर्न हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।”
विज्ञप्तिकाे पुरा पाठ तल
“हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाली कम्युनिस्ट आन्दोलनको श्रृङखलाबद्ध रुपमा आएको सर्वविदितै छ । हाम्रो पार्टी श्रमजीवी र उत्पीडित जनताको अग्रदस्ता हो । राष्ट्रियता, जनजीविका र जनतन्त्रको सवालमा निरन्तर संघर्ष गर्दै आइरहेको छ ।
यसै क्रममा बिगत लामो समयदेखि गरिब निमुखा र उत्पीडित वर्गलाई लक्षित गरि आर्थिक आधार कमजोर रहेका क्षेत्र, गाउँ, सहरी भेगमा समस्याहरू सुल्झाउने नाममा लघुवित्त संस्थाहरूले आमा, दिदीबहिनीहरूलाई विभिन्न बहानामा ब्ल्याकमेलिङ गरि १८ देखि ३६ प्रतिशतसम्म ब्याज लगाई घरगृहस्थी तहसनहस बनाएको र आत्महत्यासम्मको कार्य गर्न बाध्य बनाएको यथार्थ देखिन आएकाले यस्ता आर्थिक सामाजिक सरोकारका विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ यस प्रकारका सहुलियत सहजीकरणका नाममा हुनेगरेको गैर कानूनी, गैर जिम्मेवार कार्य मिटर ब्याजी र लघुवित्त आर्थिक कारोबार तत्काल बन्द गर्न हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ । अतः यी यस्ता गैर जिम्मेवार र जनहित विपरित कार्यबाट आजित जनसमुदायबाट हुने संघर्ष प्रति हाम्रो पार्टीको समर्थन रहने कुरा जानकारी गराउँदछौं ।”