
चुनाव बहिष्कारकाे कार्यक्रम लिएर विप्लवका सचिवालय सदस्य सन्तोष बुढा मगर उर्फ विषम कार्वाही परेको खुलासा भएको छ । उनले राेल्पाकाे थवाङ्ग र बुढागाँउमा अाफ्ना नजिकका मान्छेलाई स्वतन्त्र चुनाव उठाए पछि विप्लवले उनलाई कार्वाही गरेका थिए । उनी विप्लवले बनाएको पार्टी संरचनाको मध्य कमान्ड ईन्चार्ज भई राेल्पाकाे बिशेषगरि थवाङ्गमा एक भाेट पनि नखसाल्न निर्देशन दिदै बिशेष कमिसार कमान्डर नै बनाएर विप्लवले त्यतिबेला काठमाडौंमा रहेका सन्तोष बुढा मगर उर्फ बिषमलाई सिधै राेल्पा पठाएका थिए । उनि राेल्पा झरे लगत्तै क्रान्तिकारीहरुकाे किल्ला थवाङ्ग र बुढागाँउ माथि अपराधीक हत्कण्डा चलाउदै अाफ्ना नजिकका मान्छेहरुलाई स्वतन्त्र चुनाव उठ्न भित्री निर्देशन गरेको रहस्य खुलेपछि अनुसन्धान र छानबिन गर्दा उनलेे स्विकार गरेपछि कार्वाहीमा परेका थिए । उनी संगै सहकमान्डरका रुपमा पठाईएका दाङ घर भएका बल बहादुर अाेलि उर्फ सितल पनि थिए । उनिहरु राेल्पामा एकअापसमा विवाद गरेपछि सन्तोष बुढा उर्फ बिषमले पार्टीकाे सम्पर्क नम्बर अफ गरि अर्को नम्बरबाट अाफ्ना नजिकका मान्छेहरुलाई स्वतन्त्र चुनाव नै उठाए । नेपालमा संसदीय सत्ता लागु भए देखि त्यतिबेला सम्म राेल्पा थवाङ्गले क्रान्तिकारी बिरासत बचाउदै तत्कालीन प्रचण्डकाे नेतृत्वकाे पकड क्षेत्र मानिदै गर्दा पनि २०६४ मा समेत संसदीय व्यवस्थालाई बहिष्कार गर्दै एक पनि भाेट खस्न नदिने उदघाेष गरेर बुथ नै राख्न दिएनन् । तर निरन्तर बिरासत बाेकेकाे थवाङ्गमा सन्तोष बुढा मगर उर्फ बिषमले गरेको गद्धार नेपाली क्रान्तिकारी कम्युनिस्ट अान्दोलनका निमित्त अछम्य अपराध भएको क्रान्तिकारी बामपंथी लेखक,विश्लेषकहरु बताउछन् ।
२०७४ काे स्थानीय चुनावलाई सशक्त बहिष्कार गरेको विप्लवले उक्त बिषयलाई लिएर अाफ्नाे पार्टीको चाैथाे समिक्षात्मक बिस्तारित बैठक काठमाडौंकाे नगरकोटमा गम्भीर गल्ती गरेको भन्दै सन्तोष बुढा उर्फ बिषमलाई अात्माअालाेचना गराई कार्वाही गरेको रहस्य खुलेको छ । उक्त बैठक २०७४ असारमा बसेकाे थियोे । राेचक त केछ भने अझै उक्त कार्वाहीको दस्तावेज सर्कुलर मध्य कमान्डका जिल्लाहरुकाे बैठकमा वाचन गर्ने र उनलेे स्विकार गर्दै हिड्ने सम्म गरे । त्यतिबेला सर्कुलर वाचन भएर अाँफु माथिकाे कार्वाही शब्द अाउदा उनी मुन्टाे निउराएर बस्ने गरेको विप्लव नेकपाका एक केन्द्रीय सदस्यले बताएका छन् । उनले भने हाम्रो पार्टी यस्तो भयो कि जहाँ अार्थिक अराजकता मच्चाउने,साँस्कृतिक अराजकता मच्चाउने,गम्भीर सैद्धान्तिक र राजनीतिक गल्ती गरेको समुहको ग्रुपमा परिणत भएको हाेकि भन्ने लाग्छ । जसले क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन चाहान्छ,जसले उक्त भावका साथ बलिदान गरेर पार्टीमा समाहित भएर अाएर क्रान्तिकारी पार्टीको निर्माण र काममा बहस गर्न थाल्यो भने उसलाई हुदै नभएको अाराेप लगाएर निषेध गर्दै कार्वाही गर्ने गरेको निराशाजनक अभिव्यक्त समेत प्रस्तुत गरेका छन् । यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीको साँस्कृतिक अनुशासन र पद्धतिमा नरहि विप्लवका छाेरा अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा चिकित्सा विभागका प्रमुख प्रकाश चन्द अाफ्नै कक्षामा पढ्ने साथी सित लसपस भई बसेकाे,उनका प्रवक्ता पुर्व मन्त्री खड्क बहादुर विश्वकर्मा उर्फ प्रकाण्ड का छाेरा तथा अखिल(क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष नरेन्द्र विक पनि विदेशी नागरिक सित उनको काेठा मै प्रतिबन्धका बेला काठमाडौंमा बसेकाे,उनकै पार्टी केन्द्रीय सदस्य अाेम प्रकाश पुन अाफ्नै शालि भन्ने सित श्रीमतीलाई गर्ने व्यवहार जस्तै गरेकाे भिडियो टिकटकमा उनकै सालिले अाफ्नै एकाउन्टमा हालेपछि केन्द्रीय कार्यलयमा कुरा उठाउदा अहिलेकाे पुँजीवाद व्यवस्थामा यस्तै हाे यसलाई बिषय मनाउनु हुन्न भनेर टार्ने गरेको समेत उनलेे खुलासा गरे ।