ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टले अमेरिकी १० करोड नेपालमा लगानी

ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टले अमेरिकी १० करोड नेपालमा लगानी गरेकाे बताएको छ । बेलायती सरकारको विकास सम्बन्धी वित्तीय संस्था ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) ले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच उक्त जानकारी गराइएको हो। विगत चार वर्षदेखि नेपालमा लगानी गरिरहेको बीआईआईले सन् २०२० बाट औपचारिक रूपमा काम सुरु गरेको जनाएको छ । उक्त संस्थाले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना लगायतका क्षेत्रमा लगानी गरिरहेको छ।

पाँच वर्षे रणनीतिमार्फत नेपालमा लगानीका अवसरहरू सिर्जना गर्नुका साथै यसले नवप्रवद्र्धन र डिजिटल रूपान्तरणमासमेत सहयोग पुग्ने जनाएको छ। यसका लागि संस्थाले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कमा पनि लगानी गरेको जनाएको छ। संस्थाले कुल लगानीको ३० प्रतिशत क्लाइमेट फाइनान्समा लगानी गर्ने जनाएको छ। साथै नवीकरणीय ऊर्जाको उत्पादनमा पनि निरन्तर सहयोग गर्ने भएको छ। हाल माथिल्लो त्रिशुली परियोजनामार्फत जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको संस्थाले जनाएको छ। उक्त कार्यक्रममा बोल्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा ‘दिगो आर्थिक विकास सहायता’ बेलायतको प्राथमिकतामा रहेको बताइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस