अर्घाखाँची जिल्लामा चितुवाको अाक्रमण,एक बालकको मृत्यु

अर्घाखाँची जिल्लामा चितुवाले अाक्रमण गरेको छ । अाक्रमणमा परि एक बालककाे मृत्युु समेत भएको छ । सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सात बर्षिय सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरकाे बारिमा अामा थिम जाँदा चितुवाले समातेको हो । अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको हाे । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस