
जनकपुरधाम । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरधाममा पुत्ला दहन गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट युवा तथा विद्यार्थी संगठनका नेता/कार्यकर्ताले मूल्यवृद्धि विरुद्ध प्रदर्शन गर्दै विरोध गरेका हुन् । स्थानीय भानु चोकमा प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् । स्थानीय भानु चोकमा पुत्ला जलाउने क्रममा उनीहरुको प्रहरीसँग केहिबेर घम्साघम्सी पनि भएको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार