काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अखिल (क्रान्तिकारी) आयोजनामा सहिद प्रज्वल शाहीको स्मृति दिवस मनाइएको छ । बुधबार देखी काठमाडौंमा आयोजित सङ्गठनको केन्द्रीय समितीको बिशेष बैठकको अवसरमा २०७६ जेठ १२ गते आजकै दिन सहिद भएका प्रज्वल शाहीको तेस्रो स्मृति दिवस मनाइएको हो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ र पार्टी प्रवक्ता हेमन्त प्रकाश वलि ‘शुदर्शन’ ले महान सहिदको सपना मर्न नदिने र क्रान्तिको बाटोमा निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहिद प्रज्वलकी बहिनी मनिशालाई अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा सहभागी सबैले सहिद प्रज्वलको फोटोमा माल्यार्पण सहित अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यस्तै कार्यक्रमका अन्य अथितिहरुमा विद्यार्थी सङ्गठनका फ्याक्सन इन्चार्ज पुर्ण बहादुर सिँह, अखिल (क्रान्तिकारी) केन्द्रीय संयोजक मिलन राई, सह-संयोजकद्धय बिरेन्द्र शाह, रुपा बुढामगर लगायतका पार्टी तथा विद्यार्थी सङ्गठनका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।