
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका तालिम अधिकृत विजयकुमार झा याैन दुर्व्यवहारकाे अाराेप निलम्बित भएका छन् । उनलेे इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । अाराेप लागेपछि परिषदले निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । झा यसअघि पनि बीस २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि दुई महिना निलम्बनमा परेका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार