रोटर्याक्ट क्लब अफ पाल्पा लुम्बिनी,प्रभास तानसेनद्वारा महिनावारी मेला राख्दै

पाल्पा : रोटर्याक्ट क्लब अफ पाल्पा लुम्बिनी,प्रभास तानसेनद्वारा महिनावारी मेला राख्ने भएको छ । पाल्पाको तानसेन नगरपालिका स्थित वडा नम्बर ७ प्रभासमा उक्त मेला राख्न लागिएको अायाेजकले बताएको छ । मेला मिति २०७९ जेठ १४ गतेका दिन राख्ने भएको छ साथै रोटर्याक्ट क्लब अफ पाल्पा लुम्बिनीद्वारा तानसेन ७,प्रभासमा विद्यार्थी,आमा समूह र आसपासका जनसमुदायलाई लक्षित गर्दै उक्त महिनावारी मेला आयोजना गर्न लागेको हाे । मेलामा राखिएका स्टलहरुमा महिनावारि गर्भावस्था यसैसँग जोडिएका विकृतिका बारेमा जानकारी र सो कुरालाई थप जानकारीमूलक बनाउने उद्देश्यले रोमाञ्चक खेलहरूका साथै पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सिकाउने कार्यक्रम पनि रहेको अायाेजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस