
नेपालका लागि भारतका भूतपूर्व राजदूत रञ्जित रेले केही बेरअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको छ ।
रेसँगै खुमलटार पुगेका नेपाली काँग्रेसका सांसद तथा मनमोहन सिंह प्रधानमन्त्री हुँदा भारतीय संस्थापन पक्षका विश्वासपात्र अमरेशकुमार सिंह पनि छेउमै बसेका थिए ।
नेपाली राजनीतिमा आउने र आउनसक्ने उथलपुथलको वरिपरि प्रायः देखा पर्ने गरेका रेको पछिल्लो भ्रमण र भेटघाटले कूटनीतिक बृत्तमा कौतुहल जन्माएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्वाधिक स्थान विजयी भएको र एमाले निकै तल खुम्चिएको सन्दर्भमा भएको भारतीय पूर्वराजदूतको भ्रमणले ल्याउने नयाँ तरंगको निम्ति कम्तिमा केही दिन कुर्नुपर्ने बताइन्छ ।
यसअघि उहाँले लेख्नुभएको काठमाडौं डिलेमा पुस्तकमा नेपाली राजनीतिज्ञ,नेता र मन्त्रीको धज्जी उडाउँदै विभिन्न सन्दर्भ उल्लेख गर्नुभएको थियो । सबैभन्दा धेरै तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको निर्णय क्षमताको बारेमा लेख्नुभएको थियो ।
रे नेपालमा गणतान्त्रिक संविधानको निर्माण हुनुअघिदेखि राजदूतको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ झण्डै साढे तीन वर्षको कार्यकाल सकाएर २०७३ फागुन १७ गते स्वदेश फर्कनुभएको हो ।
रे नेपालमा गणतान्त्रिक संविधानको निर्माण हुनुअघिदेखि राजदूतको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ झण्डै साढे तीन वर्षको कार्यकाल सकाएर २०७३ फागुन १७ गते स्वदेश फर्कनुभएको हो ।
रे हिजो दिउँसो नयाँ दिल्लीबाट भिष्टारा एअरलाइन्स युके १५५ नम्बरको उडानबाट दिउँसो साढे ४ बजे काठमाडौं ओर्लनुभएको हो
सोही उडानबाट भारतका पूर्वनागरिक उड्डयन, रेल वे,उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभाकर पनि काठमाडौं आउनुभएको बताइन्छ । प्रभाकर आज दिउँसो ३ बजेदेखि होटल याक एण्ड यतिमा हुन लागेको नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीको २६ र २७ औं वार्षिक साधारण सभामा सहभागी हुन आउनुभएको हो ।
उक्त कार्यक्रमलाई चौधरी ग्रुपको सिजी होल्डिङ्स र सिप्रदी ट्रेडिङले सपोर्ट गरेको छ । (जनअास्था साप्ताहिककाे डिजिटल पत्रिकाबाट प्राप्त ताजा समाचार) तस्बिर फाईल