शैक्षिक मेडिकल मालिक देखि मेयर सम्म

यसपालि स्थानीय तहकाे निर्वाचनमा सन्तोषलाल श्रेष्ठलाई चिठ्ठा परेको छ । उनी प्रतिद्वन्द्वी एमालेका मेयर धनेन्द्रराज घिमिरेलाई हराउदै मेयर हात पार्न सफल भएका छन् । उनकाे यतिबेला चर्चा शैक्षिक मेडिकल संचालककाे डाईरेक्टर देखि पाल्पा स्थित तानसेन नगरपालिकाकाे मेयर समेत हात पारे भनेर गरिएकाे छ । गठबन्धनबाट तानसेन नगरपालिकाकाे मेयरमा उठेका थिए । उनलेे मेयर टिकट पाउनु पुर्व शैक्षिक पेशा संगै पद्मकन्या माध्यमिक बिद्यालयकाे व्यवस्थापन समिति अध्यक्ष,त्रिभुवन बहुमुखी क्याम्पस,तानसेन पाल्पाकाे क्याम्पस प्रमुख समेत भएका छन् । उनी त्रिभुवन बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखकाे कार्यकाल सकिए पछि सरकारि क्याम्पसलाई धरायसि बनाउने उदेश्यले उनको टिमले खाेलेकाे मिलेनियम बहुमुखी क्याम्पसकाे संचालक समितिकाे हाल सम्म अध्यक्ष भई संचालन गरिरहेका छन् । उक्त क्याम्पसमा शुरुआति समयमा पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस पछि विज्ञान,अर्थशास्त्र,व्यवस्थापन संकाय सम्बन्धिकाे दाेस्राे क्याम्पसका रुपमा निर्माण गरि चर्को शुल्क समेत लिई संचालन गरिरहेका छन् । त्यतिबेला काठमाडौं र पाेखरा पछि पश्चिम नेपालकाे शैक्षिक हप नै मानिथ्याे । अहिले समयानुसार स्वच्छ प्रतिस्पर्धा हुन थालेपछि उनको कलेजमा बढ्दाे अार्कषण घट्यो । यसको स्थानमा अन्य क्याम्पस र वुटवलले शैक्षिक फड्को मार्न थालेपछि विद्यार्थीहरु प्रायः जागिर संगै शैक्षिक गन्तव्य बनाउन थाले । उक्त कुरा बुझे लगत्तै उनलेे पुनः साेहि क्याम्पस संगै स्कुलकाे पनि स्थापना गरि फेरि नर्सरी देखि +२ सम्म चर्को शुल्क लिन थालेको गुनासो अभिभावकहरुले गर्ने गरेका छन् ।

उता उनलेे माअाेवादि समर्थक तथा वुटवलका प्रतिष्ठित व्यापारी उद्योगपति जगत पाेखरेलका अाफन्त गाेपाल पाेख्रेललाई समाति शैक्षिक बाताबरणकाे हवला दिदै तानसेन स्थित धार्मिक एवम् वातावरणीय पर्यावरणकाे पर्यटकीय केन्द्रलाई कुरुपता भाेर्न थाले । उनलेे उक्त याेजना गाेपाल पाेखरेललाई सुझाव दिई मेडिकल कलेज खाेल्न जग्गा किनाई लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर खाेले । उक्त मेडिकल कलेज भैरहवा – पाेखरा सिद्धार्थ राजमार्ग स्थित तानसेन प्रभास नीर बाटो नजिकै पर्छ र साे तालकाे पानी उक्त राजमार्ग मुनिबाट बग्ने गर्दछ । अहिले मेडिकलबाट निस्किने फाेहारमैलाले प्रभास ताललाई कुरुपतामा ल्याउने काम मात्रै गरेन प्रभाव नै पार्ने काम गर्याे । अहिले उक्त तालकाे संरक्षण नगरि उनकै वरिपरि रहेका केही जग्गा व्यापारीहरुले धमाधम ताल पुरी जग्गा व्यापार समेत गरि रहेका छन् । अहिले उक्त ताल संगै तालमा फुल्ने कमल फुल लाेप भएर गएको छ भने वातावरणीय पर्यावरण बिग्रेका कारण पानीका मुहान सुक्ने,पानी समय नपर्ने,हरितगृहमा प्रभाव पर्ने,तिब्र गर्मी बढ्दै जाने,मेडिकल कलेजबाट निस्किने फाेहाेरमैला तथा केमिकलहरुले बाेट विरुवाहरु सुक्दै जाने अादि समस्या देखा परिरहेको एक स्थानीय बताउछन् । उहाँले भन्नुभयो “यस्तो राम्रो ताल,त्यहाँ फुल्ने कमल फुल,त्यहाँको सङ्गलाे खाउ खाउ लाग्दाे चिसो पानी कहाँ खाेज्न जाने यसको संरक्षण कसले गर्ने ? अघिल्लो मेयरले पनि गरेनन् धेरै पटक अावाज उठाउदा अब झन् यसपालिका मेयरकाे मेडिकल नै यहीँ परिहाल्याे के गर्लान् र खै ?

त्यति मात्रै हाेईन् उक्त प्रभास क्षेत्रमा निर्माण भएको लुम्बिनी मेडिकल कलेजको डाईरेक्टर भएर भारतीय विद्यार्थी र नेपाली विद्यार्थीहरु मार्फत मेडिकल शिक्षाको चर्को शुल्क असुली गर्ने गरेको गुनासो बेला बखत अाउने गरेकै छ । मेडिकल कलेजमा कहिले बच्चा हराउने त,कहिले पेट भित्र अप्रेसन सामाग्री छाेडिएर मानिसको मृत्युु हुने,कहिले अप्रेसन गर्दागर्दै प्रागटिकलमा कार्यरत विद्यार्थीहरुलाई संलग्न गराई बिरामीकाे समेत ज्यानै जाने अवस्था सिर्जना हुने गरेको छ । उनले संचालन गरेको मेडिकल कलेजमा चिकित्सा शिक्षा अायाेगले ताेके भन्दा बढी शुल्क असुल्ने,मेडिकल कलेज संचालन ऐन र नियावलि विपरीत संचालन गरेको पनि बेलामा बेलामा गुनासो अाउने गरेको छ । कहिलेकाहीँ अनुगमनका क्रममा चिकित्सा अायाेगले कार्वाही समेत गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस