राताेखबरले छाड्यो विप्लवलाई

नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन ताका विप्लवले निकै जोडतोडका साथ मुखपत्र रातो खबर स्थापित गरेका थिए,तर अहिले पार्टी विभाजन भएसँगै पार्टीको ठूलो जनाधारसँगै रातोखबर प्रकाशन गृह पनि बिद्रोही धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा बहुमतको पक्षमा आएको छ ।

हालै विद्रोही नेकपा बहुमतको चितवन राष्ट्रिय भेला सम्पन्न भएपछि पार्टी विभाजन भएको पहिलो पत्रकार सम्मेलन कार्यक्र आज अर्थात बैशाख २६ गते राष्ट्रिय नाचघरमा विहान ११ बजेबाट सुरुहुँदै छ, सो पत्रकार सम्मेलनको निमन्त्रणा मुखपत्र इरातोखबरको इमेलबाट सम्पादक अशोक सुवेदीले सञ्चार माध्यमहरुलाई पठाएबाट सो विषय पुष्टि भएको छ । सम्पादक सुवेदीले नेकपा(बहुमत)को ऐतिहासिक विशेष राष्ट्रिय भेला वैशाख २१,२२ र २३ गते चितवनमा सम्पन्न भई नवौं महाधिवेशन आयोजक समिति गठन भएको जानकारी गराउन र भेलाले लिएका निर्णयहरुको जानकारी गराउँन सो पत्रकार सम्मेलन हुन लागेको उल्लेख गरेका छन् । राताेखबर प्रकाशन गृह प्रालिबाट साप्ताहिक पत्रिका र डिजिटल पत्रिका ईराताेखबर चल्ने गरेको छ । जसले प्रतिबन्धका समयमा पनि अाफ्नाे प्रकाशनलाई निरन्तरता दिदै विप्लवकाे मुखपत्रका उभिएको थियो ।

चुनावमा जाने या नजाने भन्ने घनिभूत छलफलका क्रममा बहुमत केन्द्रीय सदस्यहरु कञ्चन र सुदर्शनको पक्षमा लागे पनि नेत्र विक्रम चन्द र खड्क बहादुर विश्वकर्माले बहुमतलाई अल्पमतले किच्ने प्रयास गरेपछि पार्टी विभाजन गर्नु परेको कञ्चन पक्षले जिकिर गर्दै आएको छ । चुनाव वहिष्कारको पक्षमा लागेका व्यक्तिहरु नै कतिपय स्थानिय उम्मेद्वार भएर चुनावी मैदानमा छन्, भने ठूलो हिस्सा केन्द्रीय सदस्यहरु तटस्थ बसेको बहुमत पार्टी स्रोतले बताएको छ । वैशाख २४ गते महासचिव चन्दले राखेको वैठकमा कोहीपनि उपस्थित नभएको कारण विप्लव पार्टीको वैठक असफल भएको सो पार्टी स्रोत बताउँछ । ‘चुनावमा होमीएका प्रवक्ता विश्वकर्मा पार्टी विभाजन हुने देखेपछि कालिकोटबाट हतार हतार काठमाडौं आएर आफू निकट नेताहरुलाई बोल्न लगाएर भेलामा कञ्चन–सुदर्शनको भेलामा जानबाट रोक्न प्रयास गरेर फर्किए’ स्रोतले अगाडी भन्यो ।

यता विद्रोही नेकपा वहुमतको पक्षमा चुनाव वहिष्कारका पक्षधर केन्द्रीय सदस्यहरुको आधा हिस्सा पनि उपस्थित नभएको तर अधिकाशं जनवर्गिय संगठन र ७० प्रतिशत भन्दा बढी जिल्ला सेक्रेटरीहरु चितवन भेलामा उपस्थित भएको बहुमत पार्टी स्रोले बताएको छ । सामान्यतया पार्टीका मुखपत्रहरु संस्थापन पक्षसँगै हुने विगतको प्रचलनलाई भत्काउँदै सिंगो रातोखबर टिम विद्रोही पक्षसँग लागेपछि र बहुमत केन्द्रीय सदस्यहरु तटस्थ बसेको र उनिहरु भविष्यमा बहुमत पार्टीमा लाग्ने संकेतले चन्द–विश्वकर्माहरुलाई ठूलो धक्का लागेको चन्द पार्टीका एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस