विप्लवि राेमान्स विरुद्ध उनकै गृहजिल्ला कि केन्द्रीय काेषाध्यक्ष रुपाले गरिन् विद्रोह

नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहमा रहेकि रुपा बुढा मगरले विप्लवकाे राेमान्सकारि क्रान्तिकाे प्रवृत्ति विरुद्ध विद्रोह गरेकि छिन् । उनी विद्रोह गर्दै कंचनले नेतृत्व गरेको नेकपा(बहुमत) मा लागेकि छिन् । उनि विप्लवकाे पुर्खैलि जिल्ला राेल्पा एवम् गृह जिल्ला कपिलवस्तु शिवगढि कै घर छिमेकी हुन् । उनी विगत २०६८ सालदेखि विद्यार्थी अान्दोलनमा सक्रिय याेद्दा पनि हुन् । जिल्ला काेषाध्यक्ष हुदै उनी २०७३ मा अखिल(क्रान्तिकारी) कपिलवस्तु जिल्ला संयाेजक भई २०७४ मा जिल्ला सम्मेलन मार्फत अध्यक्ष भएकि थिईन् । उनि २०७५ मा सिर्द्धार्थ क्याम्पस कपिलवस्तुमा साेहि ठाउँको मेयरका विरुद्धमा कालाे झण्डा देखाएर क्रान्तिकारी विद्रोहमा सामेल भएकि थिईन् । उनलेे उक्त मेयर देश बेच्ने,जनता बेच्ने दलाल पुँजीवादि संसदीय व्यवस्थाकाे नाईके भएर अनावश्यक रुपमा क्याम्पसमा स्ववियु सभापतिकाे मिलाेमताेमा क्याम्पसमा हस्तक्षेप गरेको भन्दै अापत्ति जनाए कि थिईन् । उनी त्यतिबेला स्ववियु काेषाध्यक्षमा निर्वाचित समेत भएर काम गर्दै अाएकि थिईन् । उनी २०७४ मा दाङमा अखिल(क्रान्तिकारी)काे २१ अाैं राष्ट्रिय सम्मेलन अायाेजक समिति सदस्य मण्डल भई केन्द्रीय सदस्यमा निर्वाचित भए कि थिईन् । उनी अहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) पाेखरामा सम्पन्न २२ अाैं राष्ट्रियबाट केन्द्रीय काेषाध्यक्षमा निर्वाचित भई काम गर्दै अाएकि छिन् । उनलेे अहिले विप्लवले लिएको सुधारवादि लाईन् “स्थानीय चुनाव उपयाेग”काे नीति गलत भएको भन्दै अाक्राेस व्यक्त गरेकि छिन् । उनी कंचनले नेतृत्व गरेको नेकपा(बहुमत) चितवनकाे राष्ट्रिय सम्मेलनमा समेत सहभागी भएकि छिन् । उनलेे प्रतिक्रिया दिदै भनिन् “अहिले याे समय चुनाव उपयाेग गर्ने समय हाेईन् राष्ट्रघात,जनघात बढीरहेको सवालमा पार्टीले सशक्त प्रकारले राज्यसत्ताको विरुद्धमा अगाडि बढ्नुपर्ने कार्यक्रम ल्याउनु पर्थ्याे तर ल्याईएन् । MCC का विरुद्धमा संघर्ष हुनु पर्थ्याे त्यो पनि भएन । त्यति मात्रै हाेईन् हामीले जसलाई दुस्मन किटान गरेर लडिरहेका थियौं त्यसैले गराउने निर्वाचनमा सहभागी हुने कुराले हामी राजनीतिक एवम् सिद्धान्तकाे सवालमा कहाँ पुग्छौं त भन्ने प्रश्न हाे । बरु हामी जति सक्छौं त्यति बाेलाैं त्यति काम गराैं अनावश्यक धेरै किन बाेल्न,नसक्ने कुरा किन गर्ने ?” उनले विप्लवलाई प्रति प्रश्न गरिन् । “त्यसकारण मुख्य कुरा विचार र व्यवहार हाे” उनलेे थपिन् ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस