क्रान्तिकारी पाहिलाहरु

क्रान्तिका सच्चा पाहिला
निरन्तर हिडीराख्छन्
ठेस लागे दबाई लगाई
निको उनले पारी हाल्छन्
छातीमा गोली दबाइ
निरन्तर बडीराख्छन् ।।

क्रान्तिकारी विचार धारा
निरन्तर बडाई राख्छन्
हार खान्नन कम्युनिष्टहरू
क्रान्तिमा लडी राख्छन्
निडर भै लिडर हुन्
निरन्तर बढी राख्छन् ।।

झुक्न दिन्नन् रातो झण्डा
निरन्तर फर्फराई राख्छन्
देशको विकास गर्न युवा
कम्युनिस्ट भै बढी राख्छन्
सम्मान संस्कार सबैलाई
निरन्तर दिँदै जान्छन् ।।

युवा शक्ति जागे पछि
विकल्प खोज्दै आउँछन्
विकास गर्न युवाहरू
निरन्तर बर्दै जान्छन्
विनाश होइन विकासलाई
निरन्तरता दिँदै जान्छन् ।।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस