बगनासकाली पाल्पा रुपन्देही एकता समाजद्दारा भित्तेपात्राे बिमाेचन

बगनासकाली पाल्पा रुपन्देही एकता समाजद्दारा भित्तेपात्राे बिमाेचन गरेको छ । साथै समाजले अाउदै गरेको नयाँ बर्ष-२०७९ को अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कोशल प्रसाद बश्यालले अाउदै गरेको नयाँ बर्षकाे अवसरमा सुभकामना दिदै एकता समाजले अापसि भाईचारा सम्बन्ध कायम राख्न,दुखसुखमा साथ भनेर बनाईएकाे यस सार्वजनिक संस्थाले छाेटाे समयमा राम्रो उल्लेखनीय काम गरेको बताउनुभयो साथै उहाँले उक्त संस्थालाई अगाडि बढाउन अझै मेहनत गर्नुपर्ने समेत बताउनुभएको छ । यस्तै उक्त कार्यक्रममा संस्थाका सल्लाहकारहरु बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे,सचिब मुक्ती प्रसाद अधिकारी,रमेश प्रसाद बश्याल,मोहनिलाल रिजाल,जिबलाल बश्याल,माया गौतम लगायतले आआफ्नो मन्तव्य सहित शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा करिब १० जना थप नयाँ आजिवन सदस्य प्रदान एवम् उहाँहरुलाई सम्मान गरेको थियो । बिज्ञापनदाताहरुलाई धन्यवाद एवम् सम्मान गरेको थियो । कार्यक्रम सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नुहुनेहरुमा हार्दिक धन्यबाद समेत व्यक्त गरिएको थियो भने उक्त कार्यक्रमकाे प्रमुख आतिथ्यता र बरिस्ठ उद्योगपती तिल प्रसाद भट्टराईको विशिस्ट आतिथ्यता तथा कार्यक्रममा सँस्थाका सहसचिव तथा भित्तेपात्राे प्रकाशन उपसमितिका संयाेजक लेखनाथ बश्यालले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस