
जाजरकोट/नेकपा(एमाले) जाजरकोटका जिल्ला समितिका नेता सत्यानारायण गिरिद्दारा दलित भएकै अाधारमा कुटपिट गरेका छन् । मिति २०७८/१२/२० साँझ करिव ६/७ बजे तिर जाजरकाेट जिल्ला छेडागाड नगरपालिका वडा नं. ८ मा बस्ने नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सत्यानारायण गिरिले साेहि ठाउँ निवासि लाल बहादुर नेपालिलाई जातिय अपहेलित हुने शब्द प्रयोग गर्दै कुटपिट गरेका हुन् ।
उनलेे दलित भएको भन्दै मुखबाट रगत बग्नेगरी कुटपिट गर्नुका साथै शरीरमा लगाएको कपाडा समेत च्यातेर फालिदिईकाे स्थानीय प्रत्यक्षदर्शी बताएका छन् ।
प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार