कैलालीकाे अत्तरीयामा पदमा अस्पताल स्थानीयद्दारा ताेडफाेड

कैलाली/अत्तरीया उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गो.न.पा वडा नम्बर ३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको हुँदा अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीय र मृतकका आफन्तले तोड फोड गरेका हुन् । शनिबार बिहान अस्पतालमा भएको उक्त घटना पछी आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा ढुंगामुडा प्रहार गर्दा अस्पताल बाहिरको सिसा फुटेको र एम्बुलेन्स पनि तोडफोड गरिएको उनले बताए । आक्रोशित भिडलाई काम गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको छ । आक्रोशित आफन्त र अस्पतालबीच छलफल गर्न समन्वयको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस