जनपत्रकारिता विचारधारात्मक वर्गीय पेशा हो : मुक्ति गैरे

नेपालको वर्गिय मुक्ति आन्दोलनमा विगत लामो समयदेखि क्रियाशिल एक युवाकाे नाम हो मुक्ति गैरे । उनी पत्रकारीता संगै जीवनका पनि भिमकाय चुनौतिहरुको सामना गर्दै एक सफल वर्गीय दृष्टिकोण राख्ने पत्रकार बन्न क्रियाशिल पनि छन् । उनी जनपत्रकार संगठन नेपाल,लुम्बिनी प्रदेश समितिकाे काेषाध्यक्ष पनि हुन् । उनै मुक्ति गैरेसँग समसामयीक विषयमा हाम्रो टिमले गरेको संक्षिप्त कुराकानीको सारसंक्षेप :

* प्राणमञ्च अनलाइनको अन्तरवार्ता स्तम्भमा यहाँलाई स्वागत छ ।

> धेरै धेरै धन्यवाद, यहाँको जनप्रिय अनलाइन पत्रिकालाई ।

* आम संचार तथा पत्रकारीता गर्नेहरुकाे अवस्था र सहभागीता कस्तो पाउनुभयो ?

> हामी अहिले निरन्तर अभियानमा छौं, जनपत्रकारिताको बिषय आफै सबै कुराको ज्ञान राख्ने,लिने र प्रसारण एवम् सम्प्रेषण गर्ने एउटा विचारधारात्मक वर्गीय पेशा हो । तर्सथ नेपालको सन्दर्भमा यसको बुझाई राज्यले दिन नसकेको आभास भएको छ । जसले गर्दा पत्रकारितामा दलालि,गुलामी र सलामीले व्याप्त अराजकता छाएको छ ।जसले गर्दा पछिल्लो समय यसको लोकप्रियता कम भएको छ । वर्गीय दृष्टिकोण भन्दा पनि मुनाफा मुलक पत्रकारिता हुँदा झनै पत्रकारिताको छबिलाई विगारेको छ । यस सन्दर्भमा राज्यले स्प्रष्ट रुपमा नेपाली राष्ट्र निर्माणको पाठ्यक्रम निर्माण गरि प्रचारप्रसार गरेको देखिन्न । तथापि फेरि केही विद्यालय,कलेज र विश्व विद्यालयहरुले यस बिषयलाई अध्यापन गराउने गरेका छन् यतिले पुग्दैन् ।यसको दायरा ठूलो बनाउनुपर्छ आममा लग्नु पर्छ । नेपाल राष्ट्र र नेपाली जनताको निम्ति पत्रकारिता गर्ने बाटोको प्रेरणा पत्रकारितालाई लिनुपर्छ र वैदेशिक रुपमा नेपाल र नेपाली नागरिक माथि टिकाटिप्पणि हुने माध्यमहरुलाई वैचारिक रुपमा प्रतिरोध गर्ने माध्यम बनाउनुपर्छ ।

* नेपालको संचार जगतको इतिहास तथा यहिलेसम्म आम संचारकाे कुनै तथ्याकको बारेमा केही जानकारी छ ?

> संचार जगतको ईतिहास हेर्नुहुन्छ भने नेपाली भाषामा पहिलोपटक १९४३ मा मोतिराम भट्टले काशी भारतबाट गोरखा भारत जीवन प्रकाशित गर्नु भएको थियोे भने १९५५ श्रावणमा सुधा सागर र १९५८ मा वैशाखमा २४ गते गोरखा पत्रदेखि यहाँसम्म आज २०७६, ७७ दैनिक ७४१,अर्ध साप्ताहिक ३९,साप्ताहिक २९५३, पाक्षिक ४७४,मासिक ६४३,चौ मासिक ३८,अर्धबार्षिक ८७,बार्षिक ९३ गरि जम्मा जम्मि हामीले बुझे अनुसार ७८०२ रहेका छन् । हिजोआज यसको दर्ता प्रकाशनहरु नियमित भएको देखिन्छ । टेलिभिजन १३०,रेडियो १११९,अनलाइन १८४५, अनलाइन नविकरण ४२४ र रासस रहेको देखिन्छ यसमा थुप्रै दर्ता र नविकरण चलिरहेको देखिन्छ । तथ्यांक हामी संकलन गरिरहेका छौं ।

* तपाईंलाई खासमा कुन विषयले त्यसरी छोयो कि जसले गर्दा पत्रकारितामा लाग्ने प्रेरणा दियो, तपाईं यस भन्दा अगाडि कुनै पार्टीको नेता र विद्यार्थीकाे केन्द्रीय नेता हुनुहुन्थ्याे त ?

> हाे म पत्रकारितामा अाउनु भन्दा अगाडि नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सचिवालय सदस्य तथा पाल्पा १ एक नम्बर क्षेत्र सहईन्चार्ज तथा साेही पार्टी निकट अखिल(क्रान्तिकारी) काे जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य थिए । यस्तो अवस्थाकाे बिचबाट मलाई यस विषयमा नेपालको पत्रकारितामा पहिलो कुरा त वर्गीय पक्षधरता रहेनछ भन्ने विस्वास राख्दै गर्दा हामीले हाम्रो वर्गको पक्षमा पत्रकारिता नगरेको भेटाए पछि त्यता छाडेर म वर्गीय पत्रकारितामा लागे । वर्गीय पक्षधरता नहुँदा नेपाल र नेपाली राष्ट्रको सुचना वैदेशिक वर्गहरुले थाहा पाउने र हामी नेपालीहरुलाई असफल,विभाजन र झगडाको बीउ रोप्ने गरेको काम भेट्यौं जसले गर्दा हामी नेपाल र नेपाली हरेक कुरामा विदेश नीति र गाेपनियतामा असफल भएका छौं । त्यसैले सुचना वा पत्रकारिता वर्गीय पक्षधरमा हुनुपर्छ र राष्ट्र निर्माणको काममा प्रचारप्रसार गर्नु पर्छ भन्ने उदेश्यले प्रेरणा जगायो । नेपाली पत्रकारिता माथि नै शोषण हुने गरेको भेटायौं ।यसको पक्षमा नबोलि बस्न नसक्ने स्थिति बन्यो ,पत्रकारिता गर्न चाहाने पत्रकारहरुको भुमिका माथि सिण्डिगेट लगाईदो रहेछ । त्यसैले यी यस्तै बिषयमा संगठित रुपमा काम गर्नुपर्छ यसको न्यायको लागि राज्य तथा सम्बन्धित सबैको ध्यानाकर्षण सहित समाधान गर्नुपर्छ भन्ने उदेश्यले म पत्रकारितामा अाएकाे हुँ ।

* नेपालको पत्रकारीता क्षेत्रमा देखिएको बलनियतपूर्ण कार्य (पित पत्रकारीता)ले गर्दा दशकौँ काम गरेका आदर्श पत्रकार तथा संचार जगत ओझेलमा परेको छ,पत्रकारीता क्षेत्रमा देखिएको यस्तो विकृतिपूर्ण कालो धब्बालाई कसरी पखाल्न सकिन्छ ?

> यसलाई पहिलो कुरा आर्दश एवम् वर्गीय पक्षधरताको पत्रकारिताका विषयमा संगठित रुपमा न्याय,समानता,वर्गीय एवम् राष्ट्रवादि पत्रकारिता गरिरहेका पत्रकार,यसमा प्रेरित रहेर गर्न चाहाने,सिक्न चाहाने,पढ्न चाहाने,पढिरहेका पत्रकारहरु संगठित रुपमा अभियान चलाएर भण्डाफोर एवम् त्यस्ता पित पत्रकारिताका बिषयमा भत्सर्ना गर्नुपर्छ । अब यसमा व्यवसायिक पत्रकारिता गर्ने नाममा सुचना सम्प्रेषणलाई नै प्रयोग गरेर बार्गेनिङ गर्ने,दोहोरो भेरिफिकेसन नगरि पत्रकारिता गर्ने मिडियाका विरुद्धमा पनि उभिने तागत हामीले राख्नुपर्छ ।गलत लाई गलत सहिलाई सहि भनेर हामीले सोहि अनुसार हाम्रो अभियान चलाए यस्ता पित,दलालि,हरामी,गुलामी पत्रकारितालाई पखाल्न सकिन्छ यस तर्फ हामि अगाडि बढिरहेका छाैं,निरन्तर अगाडि बढ्ने पनि छम् ।

* तपाईंहरुकाे आगामि कार्यक्रमहरु के–के छन् ?

> हाम्रो विचार,दृष्टिकोण तथा निति र कार्यक्रमलाई लग्ने,संगठित गर्ने,संघर्षमा केन्द्रित रहने,हाम्रो विचार दृष्टिकोण र न्यायको पक्षमा हामीले राष्ट्र व्यापि रुपमा अभियान चलाएका छौं,यसै अनुसार हामी निरन्तर देशै भरि तालिम,गाेष्ठि,अन्तरक्रिया गरिरहेका छाैं,संगठित अभियान संचालन गरिरहेकार्छौं र पत्रकारिताको कामलाई निरन्तर अगाडि बढाई रहेका छौं । हाम्रो विचार,दृष्टिकोण र निति तथा कार्यक्रम संग एकाकार हुने संगठनहरु ध्रुवीकरण र सहयोग गरेका समान,श्रमजीवी,वर्गीय एवम् राष्ट्रियताको पक्षमा वकालत गर्ने,पत्रकारिता माथिको सिण्डिगेटको अन्त्य गर्न तर्फ हाम्रो जोड पनि रहने गरि पनि जानेछौं ।

* अन्त्यमा केहि छुटेको जस्तो लाग्छ कि ?

> अन्त्यमा तपाईंको अनलाइन पत्रिकामार्फत हाम्रो स्पष्ट दृष्टिकोण र कार्यक्रम राख्ने अवसर दिनु भएकोमा यहाँको मिडियालाई धेरै धेरै धन्यवाद दिदै तपाईंहरुको पत्रकारिता पनि उच्च सफलताको कामना गर्दछु साथै यसै माध्यमबाट हाम्रो विचार दृष्टिकोण पढ्नु हुने सम्पूर्ण जनप्रियहरुलाई आभार प्रकट गर्दछु ।
(प्राणमंच अनलाइनमा प्रकाशित पुरानो अन्तर्वार्तालाई केही परिमार्जन गर्दै राखेका हाैं ।)

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस