लुम्बिनी सञ्चारिका समूहमा अमृता अनमोल

वुटवल/लुम्बिनी सञ्चारिका समूहकाे अध्यक्षमा अमृता अनमोल निवार्चित भएकी छिन् । अाज वुटवलमा सम्पन्न सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट सर्वसहमतिमा अनमोल अध्यक्षमा निवार्चित भएकी हुन् । यस्तै उपाध्यक्षमा रुपा गहतराज, महासचिब मेनका चौधरी,सचिव माया केसी,कोषाध्यक्ष उषाकिरण पन्त निवार्चित भएका छन् । कार्यसमिति सदस्यहरुमा गीता ज्ञवाली,रेनुका गिरी,रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना,अनिता खत्री,विष्णु खनाल,सरिता चौधरी र रिया बस्नेत निवार्चित भएका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस