अखिल नेपाल जनसांस्कृतिक महासंघद्दारा प्रतिरोध दिवस कार्यक्रम सम्पन्न

काठमाडौं/काठमाडौंको मुटुमा रहेको आर आर क्याम्पसमा अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा २४ औं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न भएको छ ।

शोभा दुलालको सभापतित्वमा संचालन कार्यक्रमका प्रमुख बक्तामा वेपत्ता परिवार तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेको थियो ।

त्यस्तै नेकपा केन्द्रीय स्कुलिन विभागका सदस्य क.विपिन, काठमाडौ जिल्ला पार्टी नेकपाका सेक्रेटरी क. तुल्सिनारायण,भक्तपुर जिल्ला सेक्रेटरी क. विजय, जनसांस्कृतिक महासंघका महासचिव क.खेम थपलिया, अ ने म संघका महासचिव क.राजकुमारी, युवा संगठन नेपालका केन्द्रीय महासचिव क.विदुसि, किसान महासंघका अध्यक्ष क.हरि श्रेष्ठ, श्रमिक समुदाय मोर्चाका क.त्रिलोचन लुहार लगायत थुप्रै बक्ता तथा कमरेडहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य अखिल नेपाल जनसाँस्कृति महासंघका केन्द्रीय सचिव अशोक सुवेदीले राख्दै कविता समेत बाचन गर्नु भएको थियो भने साथसाथै जनवादी साहित्यिक रचना समेत प्रस्तुत गरिएको थियो सो कार्यक्रममा बिचबिचमा सामनाका कमरेडहरुले प्रस्तुत गरेको थिए ।
कार्यक्रमको संचालन क.आरोहले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस