जनपत्रकार संगठन,उदयपुरले छ बुँदे ज्ञापनपत्र बुझायाे

उदयपुर,जनपत्रकार संगठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरलाई ज्ञापनपत्र बुझाएको छ ।ज्ञापनपत्रमा विभिन्न सुझावसहित ६ बुदे ज्ञापनपत्र बुझाएको हो । जनपत्रकार संगठन नेपालका उदयपुर जिल्ला अध्यक्ष अनिता गजमेरको नेतृत्वमा गएको टोलीले शाखाका कार्यबाहक अध्यक्ष भरत खड्कालाई कार्यकक्षमा पुगि ज्ञापनपत्र बुझाएको हो । सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित,अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार संगठनले ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिता गजमेरले बताईन् ।
ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायीत्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुन :स्थापना,राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरीएको छ । ‘हामीले सदस्यहरुको सुद्धिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरेका छौँ ।’ अनिताले भनिन् पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस भन्ने माग गरेका छौँ ।’
संगठनले समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरुको बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरिएको छ । पत्रकारहरुको स्वास्थ्य बीमा,जीवन बीमा र संचार,सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले संगठनले बुझाएको ज्ञापनपत्र कार्यवाहक अध्यक्ष भरत खड्काले आफुले बुझेको बताएका छन् । पत्रकारको हकहितकै लागि ज्ञापनपत्र बुझाएकाले आफुहरूले बुझेको खड्काको भनाई रहेको छ । महासंघका अध्यक्ष भरत खड्काले यो ज्ञापनपत्रले थप जिम्वेवार बहन गरि महासंघ अगाडी बढ्ने उनले जोड दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस