कैलाली : राष्ट्रघाती MCC सम्झौता को विरुद्धमा ६ राजनीतिक दल र २ मोर्चा निकट युवा संगठनहरुको संयुक्त रूपमा शनिबार कैलालीको धनगढीमा विरोध प्रदर्शन गरेका छन । कैलाली र कञ्चनपुर बाट संयुक्त रूपमा सहभागी प्रदर्शनकारी हरुले एमसीसी सम्झौता देश र जनताको हितमा नरहेको र उक्त सम्झौतालाई यथासिघ्र खारेज हुनुपर्ने भन्दै उनीहरुले नारा जुलुस सहित विरोध जनाएका छन ।
बिरोध प्रदर्शन कार्यक्रमलाई नेकपा निकट युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष दिनेश र नेकपा केन्द्रिय सदस्य ओम प्रकाश पुनले विशेष सम्बोधन गर्नुभएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष दिनेश ले युवाहरुलाई राष्ट्रघातका विरुद्ध सडक आउन अपील गर्दै राष्ट्रियता र राष्ट्रिय स्वाधीनता को लडाइमा आवश्यक परे बलिदानि कोटा चुक्ता गर्न युवा संगठन नेपाल तयार रहेको बताउनु बताए ।
साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले एमसीसि सम्झौता सामान्य अनुदानको विषय नभई अमेरिकि राजनीति प्रभाव बढाउने ,अमेरिकाको प्रजातन्त्र डेमोक्रेसी प्रबिधि भित्र्याउने षड्यन्त्र सहित सैन्य रणनिती लाई अर्थिक फन्टको रुपमा नेपाल भित्रिरहेको भन्दै यो हाम्रो देश नेपालको लागि घातक रहेकाे उनले बताए । नेपालको सार्वभौमसत्ता , संस्कृती, सम्पुर्ण राष्ट्रियता र राष्ट्रिय अस्मिता सङ्कटमा परेको भन्दै देशका हरेक नागरिकहरूले रास्ट्रघाती कदम बाट देशलाई बचाउनु पर्नेमा नेता पुनले जोड दिएका थिए ।
उनले भने,“संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एम सी सी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय हरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एम सी सी सम्झौता खारेज नहुँदा सम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने बताउँदै सबै सचेत नागरिकले राष्ट्रियता स्वाभिमान स्वाधीनता जोगाउन आन्दोलनको बाटोमा उभिन केन्द्रिय सदस्य पुनले अपिल पनि गरे । सयुक्त संगठनका तर्फबाट सहभागी अन्य वक्ताहरु सबैले राष्ट्रघाती MCC अनुमोदन खारेज हुनुपर्नेमा जोड दिएका थिए ।
धनगढीमा गरिएको उक्त बिरोध प्रदर्शनमा राष्ट्रघाती MCC सम्झौता खारेज गर, MCC चाहिँदैन – देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दाबाद, संयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा जुलुस सहित धनगढीको चौराहा बाट सुरु गरी बजार परिक्रमा गर्दै अन्तिममा पार्क मोडमा गएर कोण सभामा परिणत भएको थियो । युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा सुदुर पश्चिम इन्चार्ज भुवन कुवरले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त सयुक्त बिरोधसभा कार्यक्रममा कैलाली र कंचनपुरका युवाहरूका साथै संयुक्त मोर्चाका नेताकार्यकर्ता हरुको बाक्लो सहभागिता रहेको थियो ।