
काठमाडौं/एमसीसी सम्झौताविरुद्ध युवाहरु अान्दाेलित भएका छन् । अाज विभिन्न राजनीतिक दलमा अावद्द युवाहरुले काठमाडौं लगायत देशका प्रमुख शहरहरु प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भातृ संगठन युवा संगठन नेपाल सहितका अन्य युवा संगठनहरु एमसीसी सम्झौताको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज काठमाडौंमा एमसीसी खारेज गर भन्दै प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले डमी खुकुरी पनि बोकेर प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार