काेहाेलपुरमा एमसिसी सम्झौता विरुद्ध मार्च पास सहित विरोध प्रदर्शन

बाँके/ अमेरिकी सहयोग परियोजना (एमसिसि) सम्झौता विरुद्ध कोहलपुरमा मार्च पास सहित विरोध पर्दशन गरिएको छ।

युवा संगठन नेपाल बाँकेले आयोजना गरेको उक्त विरोध सभा कोहलपुर साझा चोक देखि लिएर चौराह चोकमा पुगि कोणसभामा परिणत भएको हो।

उक्त कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय सचिव तिलक योगिले`एमसिसी सम्झौताले देशमा अनेक किसिमको समस्या उत्पन्न बनाउने कुरा निश्चित रहेको उनले बताए। उनले संसदवादीहरुले गरेको विभिन्न सन्धि सम्झौताले मुलुकमा अपत्यारिलो घटना निम्तिएको कारण देशमा दिनदिनै महंगी र भ्रष्टाचार बढ्दै गएको प्रति नेता योगिले आपत्ति जनाउदै उनले ` जनताको जनजीवन महंगिको कारण एक छाक खाना टार्न पनि निरन्तर कष्टकर बन्दै गएको बताउदै उनले दलाल सरकारका विरुद्ध `युवा संगठन नेपाल निरन्तर संघर्ष गर्दै अगि बढेको केन्द्रिय सचीव योगिले विरोध सभालाई सम्बोधन गरेका छन ।।

विरोध सभामा पार्टीका शिर्ष नेताहरूले समेत सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस