चेकाे हत्यारा अमेरिकी दलाल सैनिक टेरान सालान्जारकाे मृत्युु

कम्युनिष्ट आन्दोलनका नायक मानिने चे ग्वेभाराको गोली हानेर हत्या गर्ने बोलिभियाका पूर्व सैनिकको मृत्यु भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।मारियो टेरान सालान्जार नामका ती सैनिकले ग्वेभारालाई आफूले गोली हानेर हत्या गरेको बताएका थिए । ग्वेभाराको १९६७ अक्टोबर ९ मा बोलिभियाको एउटा गाउँमा गोली हानेर हत्या गरिएको थियो । ५४ वर्षपहिले बोलिभियाको जंगल क्षेत्रमा ग्वेभारालाई पक्राउ गर्न सहयोग गर्ने एक पूर्व सैनिक गेरी प्राडोले मारियोको बिहीबार निधन भएको जानकारी गराएको समाचार संस्था एफपीले जनाएको छ ।मारियोको अन्य कुनै कारणले नभइ बिरामी भएर निधन भएको समाचारमा उल्लेख छ । ग्वेभारालाई ८ अक्टोबर १९६७ मा अमेरिकी जासुसी संस्था सीआइएको सहयोगमा बोलिभियाको सेनाले पक्राउ गरको थियो ।क्युबामा क्रान्ति सम्पन्न भएपछि बोलिभियामा पनि क्रान्ति गर्ने भन्दै ग्वेभारा सक्रिय भएका थिए । क्युबामा उद्योग मन्त्री समेत भएका ग्वेभारा पछि बोलिभियन क्रान्तिमा सक्रिय ग्वेभाराको एउटा लोभी किसानको सुराकीका आधारमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस