सरकारद्दारा १७ निर्यणहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ । २७ फागुनमा गरेका निर्णयहरुमा साउदी अरबका विदेशमन्त्रीको नेपाल भ्रमणका लागि द्विपक्षीय वार्ताका लागि प्रतिनिधि मण्डल गठन,नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीको नियुक्तिलगायत छन् । सरकारले सार्वजनिक खरिद नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु

१. बञ्चरेडाँडाँ ल्याण्डफिल साइडमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिवद्धताहरु कार्यान्वयन गर्न नेपाल सरकार प्रतिवद्ध र कृयाशील रहेको छ। बञ्चरेडाँडाँ ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापन तथा साइड सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभावको मुल्याङ्कनको आधारमा मानव जीवन पशुपंक्षी,जीव जन्तु, वनस्पतीमा पर्ने प्रभाव न्युनीकरण गर्न आवश्यक सबै अवलम्वन गर्दै फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट आवश्यक कार्यप्रारम्भ गर्न र सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको, यस सम्बन्धी कार्यमा आवश्यक सहजिकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधि समेत रहेको एक उच्च स्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालासमेत सहभागी एउटा र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने।

२. राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको सुर्खेत जिल्लामा रहेको क्षेत्रफल ९ कट्ठा ८ धुर जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्विकृति प्रदान गर्ने।

३. नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थामी (सुर्खेत)लाई नियुक्त गर्ने।

४. संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सन् २०२२ मार्च ७ देखि १८ मा हुने कन्फ्रेन्समा सहभागिताका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको नेतृत्वको टोलीको भ्रमण स्वीकृत गर्ने।

५. बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च सन् २०२२ मा आयोजना हुने कन्फ्रेन्समा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई स्विकृति प्रदान गर्ने।

६. सरकार जी टु जी अन्तर्गत भारत सरकारसँग भएको हस्ताक्षरमा सोही बमोजिम ज्वाइन्ट स्टेयरिङ कमीटिमा सहभागी हुन नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री लिमिटेडलाई तोक्ने।

७. साउदी अरवका परराष्ट्र मन्त्रीबाट २०७८ फागुन ३० गतेदेखि चैत १ सम्म गर्नुहुने नेपाल भ्रमणमा द्विपक्षीय वार्ताका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने।

८. २०७८ चैत १४ मा अमेरिकाको न्युयोर्कमा हुने बैठकमा सहभागी हुन सचिव डा. प्रेमनारायण कँडेललाई स्विकृत दिने।

९. श्रम रोजगार तथा समामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा हुने साउदी अरब र कतार भ्रमण गर्न स्वीकृति दिने।

१०. तुलसीपुर उपमहानगरपालिका र स्पेनको वीलओ नगरपरीषद्‍बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने।

११. फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने।

१२. राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र संघिय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयकाे संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने

१३. पत्रकार दुर्घटना विमा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने।

१४. बन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका २०७८ स्वीकृत गर्ने।

१५. निजामती कर्मचारीका सन्तानलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन निर्देशिका २०७८ जारी गर्न स्वीकृति दिने।

१६. औद्योगिक व्यवसाय नियमावली २०७८ स्वीकृत गर्ने।

१७. सार्वजनिक खरिद (एघाराैं संशाेधन) नियमावली २०७८ स्वीकृत गर्ने ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस