रक्तदान कार्यक्रम सम्पन्न

उदयपुर/”रक्तदान जिवनदान” भन्ने मुल नाराको साथमा उदयपुरगढिको हेल्थकेयर प्रा.लि.र नेपालटार बजारको सानीमा बैंक,गढीगाउँपालिका कार्यालय र बजार ब्यवस्थापन समितिको साझेदारीमा उदयपुरगढी गाउँपालिकाको वार्ड नं. ६ नेपालटार बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा हस्पिटलका स्ट्राफहरु विभेस कुमार शाह,सुमित्रा राई र शिबराज दहालले रक्तदान गरि कार्यक्रम उद्धघाटन गरेको थिए । उक्त कार्यक्रममा ४१ जना सहभागीहरुले रगतदान गरेका छन् । कार्यक्रमको उदेश्य आपतकालीन अवस्थामा कुनै पनि मानिसहरुले रगत नपाएको कारणले ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले हेल्थकेयर प्रा .लि.ले गतसालमा पनि ५१ जनालाई सहभागी गराई रक्तदान कार्यक्रम संचालन गरेको थियो । यस बर्ष पनि कार्यक्रम आयोजना गरि ४१ जना सहभागी गराई स्व–इच्छाले रक्तदान गर्न सफल भएको छ । बाढी,पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण,गर्भपतन र सिजेरियन अप्रेसनहरुका विरामिहरुलाई सहयोग पुगोस भन्ने उदेश्यले आफुहरुले कार्यक्रम आयोजना गरेको हेल्थकेयर प्रा .लि . डा .विभेस कुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस