११२ अाैं श्रमिक महिला दिवस उदयपुरमा भब्यताका साथ सम्पन्न

उदयपुर/संयुक्त महिला सङ्घर्ष समितिले स्वतन्त्रता,समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गराैँ ! ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ !! भन्ने मूल नाराका साथ उदयपुरको सदरमुकाम गाईघाटमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)भब्य रूपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कि उपाध्यक्ष अम्बिका रेग्मीले न्याय र स्वतन्त्रताको लागि अहिले पनि महिला मुक्ति नभएको कारण महिलाहरू अझै पनि बलात्कारको शिकार बन्नु परेको चुलाचौकामा नै सिमित रहेको कारण महिलाहरु पछि परेको भन्दै न्याय र मुक्तिको लागि एक जुट भएर सबै महिलाहरू यो दलाल ब्यवस्थाको अन्त्यको लागि लड्नु पर्ने बताईन ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुंगा ईन्चार्ज बिबेक कुमालले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पुर्ण महिलाहरुलाई शुभकामना दिदै देशमा दलाल संसदीय ब्यबस्था रहेसम्म महिला मुक्ती नहुने भन्दै उनलेे महिलाहरूको सामाजिक‚ राजनैतिक‚ आर्थिक जीवन परिवर्तनमा धेरै उल्लेखनीय भूमिका खेलेको बताउदै यो अभियानले श्रमिक तथा आम महिलाहरूको जीवनमा भने अझै पनि उल्लेख्य प्रभाव पार्न नसकेको कारण सम्पूर्ण महिला दिदीबहिनीहरुलाई एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजबादी आन्दोलनमा सहभागी भै महिला अधिकार सुनिस्चित गर्नु पर्ने कुरामा जोड दिदै आफ्नो धारण राख्नु भो साथै अमेरिकन उत्तर साम्राज्यवादि द्वारा निर्देशित रास्ट्रघाती mcc सम्झौता नेपालमा कुनै पनि हालतमा लागू हुन नदिनको लागी सम्पूर्ण महिला दिदिबहिनीहरुलाई MCC खारेजीको प्रतिरोध संघर्षमा उत्रिन आह्वान गरे ।

त्यस्तै कार्यक्रममा अतिथिहरु नेकपा जिल्ला उदयपुरको सेक्रेटरी लक्ष्मण पौड्याल,बैज्ञानिक समाजबादी पार्टीकागोकुल चाम्लिङ ,नेकपा(क्रान्तिकारी माओवादी)का शंखर पोख्रेल ,मजदुर माओवादी पार्टी जगत कट्वाल ,देशभक्त जनतान्त्रिक मोर्चाका लिल बहादुर बिश्वकर्माले कार्यक्रमको अतिथ्यता गरेक थिए भने कार्यक्रमको संचालन नेकपा क्रान्तिकारी माओवादी कि जिल्ला सदस्य रिता मगरले र स्वागत मन्तब्य अखिल क्रान्तिकारी को केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला संयोजक जानुका खत्री र कार्यक्रमको सभाअध्यक्ष जनपत्रकार संगठन नेपाल कि जिल्ला अध्यक्ष अनिता गजमेरले गरेकि थिईन् भने उनले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिदै महिला मुक्तिको लागि र महिला माथी हुने सवै खाले विभेदको अन्त्य गर्न सम्पूर्ण महिलाहरू एक ठाउँमा गोलबन्द भएर दलाल संसदिय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजवाद स्थापना गर्दा मात्रै महिलाको मुक्ति सम्भब भएको धारणा राख्दै कार्यक्रमको समापन भएको थियोे ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस