नारी दिवस

वृद्ध,नाबालिका भन्न नपाएको मेरो देशमा
दलाल र भ्रष्टाचारले ओगटेको मेरो न्यायपालिकामा
खै,कसरी मनाउ म नारी दिवस यहाँ ?
एउटा पुरुषको यौन ईच्छा मेटाउन,एउटि नाबालिकाको हत्या हुन्छ यहाँ ,
न्याय माग्न न्यायपालिकाको ढोका ढक ढ्काउदा पनि न्याय नपाएको मेरो देशमा,
खै ,कसरी मनाउ म नारी दिवस यहाँ ?
पल्लो घरको दिदी रोहिरहेकि छिन अझै ,
दाईजोको नाममा आफ्नै परिवारले दिएको यातनाले,
न्याय माग्नु जान्छिन न्यायपालिकाको ढोका खुल्दैन,
खै,कसरी मनाउ म नारी दिवस यहाँ ?
निर्मला पन्त,भगिर्थी भटट हुदै सम्झना कामीसम्म आईपुग्दा,
उनीहरुको आत्माले शान्ति नपाउदा नपाउदै,
न्यायपालिकाको ढोका ढ्क्ढकाउँदा ढक्ढ्काउँदै,
बिचल्लीत भएको आमाहरूसंग खुशी साट्नु नपाउदै,
खै, कसरी मनाउ म नारी दिवस यहाँ ?
समाजमा छैनन् कोही कतै,
नारी जिबन यात्रामा पनि सहयात्री हुन भन्नेहरू,
आफ्नै खुशी साट्न रमाउनेहरुसंग,
समय र नारी उस्ता उस्तै हुन भन्ने बुझनेहरुसंग
खै,कसरी मनाउ म नारी दिवस यहाँ?
एउटा सहयात्री नारिहरुसंग अनेक सपना साट्नेहरुसंग
जिन्दगीलाई मोलमोलाईमा बेच्नेहरुसंग,
खै, कसरी मनाउ म नारी दिवस यहाँ ?

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस