
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको जग्गा नाप नक्सा शुरु भएको छ ।आज आइतबार पालिकाको वार्ड नं ४ र ५ बाट नाप नक्साको कार्यको थालनि गरिएको हो । डडेल्धुरा जिल्लाका पहिलो चरणमा आलिताल गाउँपालिका, अजयमेरु गाउँपालिका र गन्यापधुरा गाउँपालिका जग्गा नाप नक्साका लागि राष्ट्रिय भुमि आयोगबाट छनोट गरिएका थिए ।
आलिताल गाउँपालिका भरमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको १९१८ निबेदन दर्ता भएका छन् । जस मध्ये ९८ जना भुमिहिन र १८२० जना अव्यवस्थित बसोबासका निबेदन कार्यालयमा दर्ता भएको जनाको निवेदन दर्ता भएको गाउँ पालिकाले जनाएको छ ।
जग्गा नाप नक्सा कार्यक्रम सुरुवात वार्ड नं ५ भाबरका स्थानीय कृष्ण कामिको र वार्ड नं ४ घरेलुका स्थानीय भान बहादुर दमाईको घरबाट औपचारिक रूपमा सो कार्यको शुरुवात गरिएको गाउँ पालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
गुरुङले भने – ” उक्त दुई वडाको राष्ट्रिय भुमि आयोगको सफ्टवेयर प्रणालीमा पहिला इन्ट्री भएकाले त्यहाँबाट पहिला सुरुवात भएको बताए । अन्य वडाहरुको हकमा सफ्टवेयर प्रणालीमा इन्ट्री हुने कार्य भइरहेको र काम सुरुवात भएका वार्ड नं ४ र ५ मा सिद्दिने बित्तिकै तत्कालै अन्य वडाहरुमा पनि भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको जग्गा नाप नक्सा शुरु हुने उनले बताएका छन् ।