धनगढी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले दलाल राज्य सत्ताले एमसिसि पास गरेर देशलाई बैदेशिक हस्तक्षेप सहित गृहयुद्धमा धकेलेको दावी गरेका छन् । आइतबार धनगढी नगर कमिटीले आयोजना गरेको सहिद सप्ताह समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता पुनले यसो बताए हुन् ।दलाल सत्ता र त्यसका हिमायतीहरुले गत फाल्गुन १५ गते संसदबाट षड्यन्त्र पुर्वक राष्ट्रघाती एमसिसि सम्झाैता पास गरेर देशलाई बैदेशिक हस्तक्षेप सहितको गृहयुद्धमा धकेलेकाे उनले बताए । त्यसको प्रारम्भिक असर देउवा सरकारले युक्रेनकाे मामिलामा अमेरिकाको पक्षमा मत हालेकाे लगत्तै भारतीय पुर्व सैनिक अधिकारी बिस्वम्भर दयालले आजतक संग कुरा गर्दै चिनकाे समर्थनमा गए नेपाल र भुटानलाई युक्रेन बनाइ दिने धम्की दिएको बाट परेको र यसले नेपाललाई साम्राज्यवादी युद्ध मैदानमा परिणत गर्ने षड्यन्त्र भएको नेता पुनको दावि छ ।
दलाल पुँजीवादी सत्ताका कारण देश र जनतालाई यावत खालका समस्या भाेग्नु परेकाले यसलाई फालेर समाजवादी सत्ता ल्याउन सबै सहिद परिवार र क्रान्तिकारीहरु एकीकृत जनक्रान्तिकाे बाटोमा अघि बढ्नुपर्ने कुरामा उनले जाेड दिएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर सम्तेल देखि झापा बिद्रोहका सुखानी सहिदको सपना क्रान्ति मार्फत मात्रै पूरा गर्न सकिने कुरामा जाेड दिदै प्रमुख अतिथि पुनले आफ्नो पार्टी महासचिव कमरेड विप्लवकाे नेतृत्वमा सहिद अभियानमा निरन्तर अघि बढेको बताएका थिए ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै आजकै दिन नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका दर्जनौ कार्यकर्ताहरुलाई पनि दाेसल्ला ओढाएर स्वागत गरिएको जनाइएको छ
उक्त कार्यक्रमको सञ्चालन नेकपाका कैलाली जिल्ला सचिवालय सदस्य अर्जुन कठरियाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता धनगढी नगर सचिव सराेज चाैधरिले गरेका थिए । सहिद सप्ताहको आज अन्तिम दिन मनाइएको उक्त कार्यक्रममा सहिद दीपा निशानी र भारती निशानीका परिवार लगाएत धेरै सहिद परिवारलाई सम्मान गरेको छ ।