अात्मनिर्भर बन्दै नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी,पाल्पा यतिबेला उत्पादनमा समेत अात्मनिर्भर बन्ने तरखरमा जुटेको छ । क्रान्ति भनेको परिवर्तन,स्वाभिमान,सम्मान,समान र अात्मनिर्भर हाे भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकाे निर्यण अनुसार पार्टी उत्पादनमा लागि रहेको थियो । यसै सन्दर्भमा पाल्पामा पनि नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धका समय देखि बेमौसमी र माैसमि उत्पादन गरिरहेकाे छ । प्रतिबन्धका समयमा बंगुर पालन र अदुवा खेती शुरु गरेको थियाे त्यसलाई थप बढाउदै अहिले अालु उत्पादन गरि अहिले भित्र्याउने तयारी गरिरहेको छ । अाज गत महिनामा लगाएको अालु जिल्ला स्तरीय नेता मीन बहादुर अालेकाे नेतृत्वमा एक दर्जन जिल्ला एवम् ईलाका स्तरीय नेताकार्यकर्ताहरुले अाँफुले लगाएको उत्पादित अालु खनेर जमा पार्ने काम शुरु गरेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस