सहिदहरुलाई चिहानबाट निकाल्छौं : सुमनसिंह

इलाम,नेपाल कम्युनिस्ट पार्टी इलामले आज एक खुल्ला कार्यक्रम गरि सहिद सप्ताहको समापन गरेको छ । सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन, सहिद स्मृती प्रतिक्षालय उत्घाटन र सहिद स्मृती चोक नामकरण गर्ने काम एक साथ सम्पन्न गरेको हो । माइ नगरपालिकाको मुख्य स्थानमा सहिद स्मृती प्रतिक्षालय निर्माण भएपछी सम्पुर्ण स्थानिय हर्सित बनेका छन ।

इलामको माइ नगरपालिका शितलि स्थित चियाबारीमा रहेको खाली जग्गामा निर्माणाधिन रहेको प्रतिक्षालयको उत्घाटन पछि सहिद तथा बेपत्ता परिवारलाइ सम्मान तथा शुभकामना पत्र बितरण गर्दै खदा ओडाएर अभिनन्दन गरिएको थियो । उपस्थित १६ जना सहिद परिवारका सदस्यहरुलाइ आज अभिनन्दन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी रहेका नेकपाका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले सहिदहरुलाई स्मरण गरेर निर्माण गरिएको यो प्रतिक्षालय र आज नामकरण गरिएको यस सहिद स्मृती चोकले अनवरत रुपमा क्रान्तिको पक्षमा बोलिरहने बताए । यो समय चरम रास्ट्रघात र जनघात भएको छ, यो बेला सहिदहरु चिहान बाट निसक्ने समय हो भन्दै उनले सहिदहरुलाइ चिहान बाट बाहिर निकाल्ने उद्घोस गरे । उनले आज सहिदहरुको अबमुल्यन गरेर फलानाको छोरा मर्यो तर के पायो भनेर बलिदानलाई गलत बनाउन खोजिएको सन्धर्भ स्मरण गर्दै यो सबै पुंजिवादी लुटेराहरुको नियोजित चाल भएको बताए । सहिद परिवारको ब्यवस्थापन नहुनु, उनिहरुलाइ दुख दिईनु यो जानाजान बनाइएको छ , यसो गरेपछी क्रान्ती प्रती बितृस्णा पैदा हुन्छ भन्ने आसयले यो सबै गरिएको सिंहले बताए । उनले सहिद परिवारलाइ भने आफ्नो परिवारको बलिदान प्रती गर्व गर्नुस, किनकि आज यो देशमा सबैतिर अत्याचार हुंदा सहिदको सपनाले नै लडिरहेको छ । उनले सहिद परिवारको सरक्षण गर्ने र बलिदानको मुल्यलाइ जिवन्त राख्न जिल्ला भरिनै सहिद स्मृती स्थलहरु निर्माण गर्ने र संधै सहिदको सपनाको चर्चा गरेर साम्यवादी संस्कृती निर्माण गर्ने उनले बताए । उनले सहिद परिवार माथी कसैले तलमाथि गर्न खोजे बांकी नछाड्ने बताए । रास्ट्रघाती एमसिसिको बारेमा बोल्दै उनले यो रास्ट्रघाती परियोजना कुनै हालतमा लागू हुन नदिने बताए ।

कार्यक्रममा सहिद तथा बेपत्ता समाज इलामका संयोजक बिमल आचार्यले सहिदको बलिदान खेर जान नदिने उद्घोस गरे । उनले इलाम जिल्ला भरिबाट बलिदान गर्ने ८४ जना सहिद र २ जना बेपत्ता योद्धाको नाम बाचन गरे । साथै उनले झापा बिद्रोहका सहिद र एकीकृत जनक्रान्तिका सहिदहरुको समेत नाम बाचन गर्दै उहाँ हरुको बलिदानको चर्चा गरे ।

कार्यक्रमको अधक्षता पार्टिका जिल्ला सेक्रेटरी मौसले गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन जिल्ला सदस्य बिनोद मगरले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस