राष्ट्रघातीहरुलाई अर्याघाटमा खरानी पार्छौं : सुवेदी

६ दल र २ माेर्चाले MCC सम्झौता सदनबाट अनुमाेदन विरुद्ध संयुक्त प्रदर्शन तथा विरोध सभा कार्यक्रममा बाेल्दै जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले एमसीसीमा राष्ट्रघाती सम्झौता गर्नेहरुलाई आर्यघाटमा खरानी पार्न जुटिरहेको बताइन् । राष्ट्रघातीहरुलाई देशबाट खेद्नुपर्ने उनले बताइन् । देश बलिरहेको समयमा मध्यरातमा राष्ट्रघाती एमसीसी पारित गरिएकाले जनताको मुक्ति आन्दोलनमा खुट्टा नकमाउन अन्दोलनकारीलाई आह्वान गरिन् । सेना र प्रहरीलाई पनि राष्ट्रियता रक्षाको आन्दोलनमा एक हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस