मुलुकमा थप एउटा राष्ट्रघात भएको छ : मोहन वैद्य ‘किरण’

काठमाडौंमा राष्ट्रघाती एमसीसीविरुद्ध जनसभा सम्पन्न

काठमाडौँ : काठमाडौँमा नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सम्पन्न भएको छ । दसौँ हजार क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत ६ दलका शीर्ष नेताले सम्बोधन गरेका छन् ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेकपा क्रान्तिकारी माओवादिका महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताए छ । उनले भने, ‘यो राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’

उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए । देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस