
नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राष्ट्रसङ्घको आपत्कालीन विशेष महाधिवेशन र मानवअधिकार कमिसनमा अमेरिकी पक्षधरता हुने गरी नेपालले संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा मतदान गर्नु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीतको काम र अमेरिकी कठपुतली बनेको प्रमाण रहेको बताएको छ ।
नेकपा केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले शुक्रबार विज्ञप्ति जारी गर्दै एमसीसी पारित गरेलगत्तै परराष्ट्रनीति नै परिवर्तन गरेर नेपाल सरकारले अमेरिकी कठपुतली बनेको प्रमाणित गरेको र नेकपाले सरकारको उक्त जनविरोधी नीतिको विरोध गरेको प्रस्ट पारेका छन् ।
सचिवालय सदस्य कञ्चनद्वारा जारी पे्रस विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसङ्घको आपत्कालीन विशेष महाधिवेशन र मानवअधिकार कमिसनमा अमेरिकी पक्षधरता हुने गरी नेपाल संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा मतदान गर्नु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत जानु हो । युक्रेनसँग परेको रुसको द्वन्द्वमा नेपालको आफ्नो घोषित मान्यता र परराष्ट्र नीतिविपरीत अमेरिकाका पक्षमा मतदान गर्नु नेपालमा एमसीसी पारित हुनुको राजनीतिक परिणाम हो ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारमा आबद्ध पार्टीहरूले जतिसुकै व्याख्यात्मक घोषणा गरे पनि एमसीसी पारित गरेलगत्तै परराष्ट्रनीतिमा बदलाव आउनु नेपाल सरकार अमेरिकी कठपुतली बन्नु हो । हाम्रो पार्टी नेपाल सरकारको जनविरोधी नीतिको विरोध गर्दछ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…