श्रमजीवी-पत्रकार संघ,नेपालकाे कर्णाली प्रदेशकाे अध्यक्षमा विवशकुमार सेजुवाल निर्वाचित

श्रमजीवी-पत्रकार संघ,नेपालकाे कर्णाली प्रदेशकाे अध्यक्षमा पत्रकार विवशकुमार सेजुवाल अध्यक्ष निर्वाचित भएका छन् । उनकाे नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति घाेषणा गरिएकाे छ । केन्द्रीय अध्यक्ष जन्मदेव जैसीकाे प्रमुख आथित्यतामा घाेषणा कार्यक्रममा १० जिल्लाका पत्रकारहरुकाे प्रतिनिधित्व रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले संगठनकाे उद्देश्य,गठनकाे एक वर्षमा भएका प्रगति विवरण, र कर्णाली प्रदेशमा संगठनले निर्वाह गर्ने भूमिका विषयमा स्पष्ट गरेका थिए ।

पत्रकार महासंघका महासचिव खगेन्द्र भट्टराई, जिल्ला अध्यक्ष ललित वस्याल, समाजवादी प्रेस नेपालका सुर्खेत अध्यक्ष देव रानालायतले नवनिर्वाचित अध्यक्षलगायतकाे टिमलाई बधाईसहित सफल कार्यकालकाे शुभकामना दिए ।

विवशकाे अध्यक्षतामा यसै साता २१ सदस्यीय समितिकाे बैठक बसी पदाधिकारी चयन तथा प्रदेश समितिले कर्णालीमा चाल्ने आगामी कदम र याेजना पनि तय गर्ने नवनिर्वाचित अध्यक्ष सेजुवालले वताए । समितिकाे सल्लाहकारमा देवीराम देवकाेटा, कृष्णराज धमाला, रमेश रावल, ललित बस्याल रहेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस